Search
Close this search box.
Search
Close this search box.

सीतारमेश क्याम्पसलाई नेविसंघले दियो स्ट्रेन्जर बाजा

बुधबारे । नेपाल विद्यार्थी संघ सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्ति इकाई समितिले आइतबार एक कार्यक्रमको आयोजना गरी क्याम्पस लाई आवश्यक रहेको १८ हजार मुल्य बराबरको स्ट्रेन्जर बाजा हस्तान्तरण गरेको छ । साथै ३० औं विश्व आदिवासी दिवसका अवसरमा यहि कार्यक्रम अन्तर्गत आदिवासी जातीय भेषभुषा सहितको साँस्कृतिक नृत्य समेत प्रस्तुत गरिएको थियो ।

नेपाल विद्यार्थी संघ सीतारमेश क्याम्पस इकाई सभापति सन्तहाङ लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा नेविसंघ झापा सभापति संजय निरौलाको प्रमुख आतिथ्यता रहेको थियो ।

EPIC EPIC EPIC


कार्यक्रममा नेविसंघ निवर्तमान केन्द्रिय सदस्य तथा नेपाली काङ्ग्रेस झापा जिल्ला सदस्य खड्ग पन्धाक सुब्बा ,नेपाल आदिवासी जनजाति महासंघ झापा सचीव मोहन माबो,सीतारमेश क्याम्पस संचालक समिति अध्यक्ष जय भण्डारी ,नेविसंघ झापा सचीव गोकुल पौडेल ,सहायक क्याम्पस प्रमुख नरेन्द्र बराल, नेविसंघ झापा निवर्तमान सह सचीव मिलन चापागाईं, नेविसंघ झापा जिल्ला सदस्य राम भट्टराई ,नेविसंघ बुद्धशान्ति सभापति उमेश भट्टराई ,नेपाल आदिवासी जनजाति महासंघ बुद्धशान्ति सभापति मानबहादुर तामाङ ,नेविसंघ बुद्धशान्ति सचीव प्रकाश शेर्मा र सदस्य अभियान भट्टराईको उपस्थिति रहेको थियो भने औपचारिक तथा साँस्कृतिक दुवै तर्फको कार्यक्रम संचालन नेविसंघ सीतारमेश क्याम्पस इकाई सचीव विवेक वाग्लेले गरेका थिए।

कार्यक्रमका सभापति सन्तहाङ लिम्बुले स्वागत सहित औचित्य माथी प्रकाश पारेको कार्यक्रममा अतिथि वक्ताहरुले विश्व आदिवासी दिवसको शुभकामना सहित विद्यार्थी संगठनको महत्त्व ,कार्य ,गतिविधि र आवश्यक ,देशको वर्तमान परिस्थिति लगायत विषय उपर चर्चा गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *