Search
Close this search box.
Search
Close this search box.

कचनकवलमा मानव-हात्ती सहअस्तित्व विषयक अन्तरक्रिया सम्पन्न

देवीका अधिकारी

कचनकवल, २८ साउन — विश्व हात्ती दिवस २०८१ को अवसरमा कचनकवल गाउँपालिकामा मानव-हात्ती सहअस्तित्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम विभिन्न स्थानमा सम्पन्न भएको छ।

EPIC EPIC EPIC

कचनकवलको मोती मावि विद्यालयमा आयोजित अन्तरक्रिया कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेषलाल राजवंशी, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, विद्यालयका प्रधानाध्यापक छविलाल बस्नेत, फरेष्ट एक्सन नेपालका कार्यक्रम संयोजक डा. लिलानाथ शर्मा, डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराम पराजुली लगायत अन्य जनप्रतिनिधिहरू, शिक्षक, विद्यार्थी, र सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई हात्ती सम्बन्धी जानकारी दिनु रहेको प्रधानाध्यापक बस्नेतले बताए। कार्यक्रममा मानव-हात्ती द्वन्द्व र सहअस्तित्वका चुनौतीहरू तथा समाधानका उपायहरूबारे छलफल गरिएको थियो।

अर्को कार्यक्रम स्थानीय महासंघ कचनकवलको आयोजनामा भएको थियो। यसमा महासंघका अध्यक्ष चेतराज भट्टराई, अभिमुक्तेश्वर सामुदायिक वन समूहका अध्यक्ष राम खनाल, दुर्गाभिट्टा सामुदायिक वन समूहका अध्यक्ष धनराज गुरुङ, पूर्वदेउराली समूहका अध्यक्ष पदम राई लगायत वनका अभियान्ताहरूको उपस्थिति थियो।

तथ्यांक अनुसार, पछिल्लो शताब्दीमा संसारभरि अफ्रिकी हात्ती ९० प्रतिशत र एसियाली हात्ती ५० प्रतिशतले घटेका छन्। यसले गर्दा पृथ्वीको सबैभन्दा ठूलो जीवको अस्तित्व संकटमा परेको छ। नेपालमा पाइने हात्ती एसियाली प्रजातिको हो।

झापाका धेरैजसो स्थानिय निकायमा मानव-हात्ती द्वन्द्व मुख्य चुनौती बनेको छ। वनजंगलमा मानवीय प्रभाव बढ्दै जाँदा र मिचाहा प्रजाति फैलँदा हात्तीको आहारामा कमी भएको छ, जसका कारण हात्ती गाउँ पसेर मानवीय र भौतिक क्षति पुर्‍याउने गरेका छन्।

डिभिजन वन कार्यालय झापाका अनुसार, पछिल्लो दुई दशकमा हात्तीको आक्रमणबाट नेपालभर ३०० जनाको मृत्यु भएको छ, जसमा झापामा ६८ जना र जलथल वन क्षेत्रमा मात्रै २० जनाको मृत्यु भएको छ। यसै अवधिमा २१ वटा हात्तीको पनि मृत्यु भएको छ, जसमा ६ वटा जलथल क्षेत्रमा मरेका थिए।

डिभिजन वन कार्यालय, फरेष्ट एक्सन नेपाल, महासंघ, र सामुदायिक वन उपभोक्ता समूहहरूले हात्तीलाई जंगलमै रोक्न विभिन्न प्रयासहरू गरिरहेका छन्। यस अन्तर्गत जलथलका वनमा हात्ती बस्ने आहाल तथा पानी खाने पोखरीहरूको सरसफाई र निर्माण, हात्तीलाई मनपर्ने फलफूलको बोटबिरुवा रोप्ने कार्य भइरहेको छ।

डिभिजन वन कार्यालयका वन अधिकृत ऋषिराम पराजुलीले बालीको समयमा हात्तीले बढी दुख दिने भएकाले हात्तीले नखाने बालीको विकल्प अपनाउन सुझाव दिएका छन्। भारतबाट आउने हात्तीको कारण अन्तरसिमा द्वन्द्व पनि प्रमुख समस्या बनेको छ, जसको समाधानका लागि दुवै देशको समन्वय आवश्यक रहेको बताइएको छ।

यसैगरी, हात्तीबाट बढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको बाली र जीवन बिमा गर्ने व्यवस्था गर्न सके थप राहत मिल्न सक्ने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *