Search
Close this search box.
Search
Close this search box.

एपीएफका तीन महिला भलिबल खेलाडीलाई सम्मान

काठमाडौँ । ‘काभा वुमन्स भलिबल नेसन्स लिग–२०२४’ मा सहभागी भएका नेपाल एपीएफ क्लवका तीन जना महिला भलिबल खेलाडीहरुलाई सम्मान गरिएको छ ।

सशस्त्र प्रहरी प्रधान कार्यालयमा महानिरीक्षक राजु अर्यालले भलिबल खेलाडीहरु सशस्त्र प्रहरी सहायक हवल्दार सरस्वती चौधरी, निरुता ठगुन्ना र सशस्त्र प्रहरी जवान कविता भट्टलाई सम्मान गरे ।

EPIC

लामो समयदेखि नेपाल एपीएफ क्लवमा आवद्ध रही राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको प्रतियोगिताहरुमा सहभागी भएर उत्कृष्ट खेल प्रदर्शन गरेको तथा देश र संगठनको छवि उच्च राख्न खेलेको भन्दै सशस्त्र प्रहरी प्रधान कार्यालयले उनीहरुलाई नगद पुरस्कारसहित सम्मान गरेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

यस्तै, उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको भन्दै सशस्त्र प्रहरी जवान निरुता ठगुन्नालाई सशस्त्र प्रहरी हवल्दारमा बढुवा गरिएको छ । बढुवा भएकी ठगुन्नालाई सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक रमेश कुमार पाण्डेले दर्ज्यानी चिन्ह प्रदान गरे ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *