Search
Close this search box.
Search
Close this search box.

बुद्धशान्ति गाउँपालिकाको राजस्व संकलन २ करोड ५३ लाख

तीर्थ तिम्सिना

बुद्धशान्ति (पालिका सन्देश) । बुद्धशान्ति गाउँपालिकाले गत आर्थिक वर्ष २०८०÷०८१ मा दुई करोड ५३ लाख ५१ हजार पाँचसय बैसठ्ठी रुपैँया २१ पैसा राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको श्रावण १ देखि असार ३१ गते सम्ममा उक्त रकम राजस्वका रुपमा संकलन भएको बुद्धशान्ति गाउँपालिका राजस्व शाखाका प्रमुख शशी पनेरुले बताएका छन् ।

EPIC EPIC EPIC

अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा दुई करोड ४५ लाख दश हजार ८३ रुपैँया ९ पैसा राजस्व संकलन गरेको गाउँपालिकाले गत आ.व. मा राजस्व संकलन थोरै भएपनि बृद्धि गरेको छ ।
१ नं. वडा ले ३८ लाख ९५ हजार ३ सय ४७.२३ रुपैँया, २ नं. वडा ले ३३ लाख ३८ हजार ६ सय २९.१३ रुपैँया, ३ नं. वडा ले ५७ लाख ५४ हजार १ सय ८९.६६ रुपैँया, ४ नं. वडा ले १७ लाख ४३ हजार ७ सय १९.९६ रुपैँया, ५ नं. वडा ले १३ लाख ७६ हजार ७ सय ६१.९६ रुपैँया, ६ नं. वडा ले ९ लाख १ हजार ६ सय २.१७ रुपैँया र ७ नं. वडा ले ४ लाख ५१ हजार ९३.०९ रुपैँया राजस्व संकलन गरेको छ ।

सात वटा वडाहरु रहेको बुद्धशान्ति गाउँपालिको बजार क्षेत्रअन्तर्गत पर्ने वडा नं. ३ राजस्व संकलनको हिसाबले पहिलो स्थानमा रहेको छ । ३ नं. वडाले गत आर्थिक वर्षमा ५७ लाख ५४ हजार १ सय ८९.६६ रुपैँया राजस्व संकलन गरेको हो । त्यस्तै राजस्व संकलनमा सवैभन्दा कम ७ नम्बर वडाले गरेको छ । ७ नं. वडा ले ४ लाख ५१ हजार ९३.०९ रुपैँया राजस्व संकलन गरेको हो ।
त्यस्तै गाउँपालिकाको कार्यालयबाट ७८ लाख ९० हजार २ सय १९.०१ रुपैँया राजस्व संकलन गरेकोे छ । वडा तथा गाउँपालिकाले सम्पति कर, व्यवसाय कर, सिफारिस दस्तुर, व्यक्तिगत घटना दर्ता दस्तुर, न्यायीक दस्तुर, व्यवसाय दर्ता दस्तुर, नक्सापास दस्तुर, नाता प्रमाणित दस्तुर, घरबहाल तथा जग्गा बहालकर, भूमिकर तथा मालपोत सम्पतिकर, व्यवसायकर, प्रशासनिक दण्ड, जरीवाना कर, मनोरञ्जन कर जस्ता २३ वटा शिर्षकहरुमा राजस्व संकलन गर्दै आएका छन् ।

२३ वटा शिर्षकहरमा राजस्व संकलन गर्दै आएको गाउँपालिकाले सबैभन्दा बढी सिफारिस दस्तुरबाट राजस्व संकलन गरेको छ । जसबाट ५८ लाख ७२ हजार २० रुपैँया राजस्व संकलन भएको छ । सिफारिस दस्तुरपछि भूमि तथा मालपोत करबाट ३९ लाख ७१ हजार ९ सय ३५ रुपैँया संकलन गरेको हो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *