Search
Close this search box.
Search
Close this search box.

डाक्टर मौमिता हत्या प्रकरण: ब्लुटुथ हेडफोनले खुल्यो अभियुक्तको पहिचान

कलकत्ता – डाक्टर मौमिता देबनाथको बलात्कारपछि हत्या आरोपमा संजय रोय भन्ने युवकलाई कलकत्ता प्रहरीले पक्राउ गरेको छ। प्रहरीले संजयलाई पक्राउ गर्न महत्त्वपूर्ण प्रमाणको रूपमा घटनास्थलमा भेटिएको ब्लुटुथ हेडफोनले निर्णायक भूमिका खेलेको जनाएको छ।

घटना कलकत्ताको आरजी मेडिकल कलेज एन्ड हस्पिटलको हो, जहाँ मौमिता आवासीय चिकित्सकको रूपमा कार्यरत थिइन्। गत शुक्रबार, उनी कलेजकै सेमिनार हलमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन्। मौमिता छातीसम्बन्धी औषधी विभागकी दोस्रो वर्षकी विद्यार्थी थिइन्। ड्युटीको क्रममा उनीमाथि बलात्कार गरी हत्या भएको बताइएको छ।

EPIC EPIC

मृतकको आँखामा र मुखमा रगत देखिएकोले घटनालाई गम्भीर रूपमा लिइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानमा, अस्पतालका सीसीटिभी फुटेजबाट संजय रोयलाई शंकास्पद व्यक्तिका रूपमा पहिचान गरियो। घटनास्थलमा प्रमाण सङ्कलनको क्रममा प्रहरीले ब्लुटुथ हेडफोन फेला पारेको थियो, जसले अन्ततः अभियुक्तको पहिचान गर्न मद्दत गर्‍यो।

प्रहरीले संजयलाई पक्राउ गरेपछि उनको फोन जाँच गर्दा, उक्त हेडफोन फोनसँग स्वचालित रूपमा कनेक्ट भएको थियो। यसले उनी नै घटनामा संलग्न रहेको पुष्टि गर्न महत्त्वपूर्ण प्रमाणका रूपमा काम गर्‍यो। नियन्त्रणमा लिएपछि संजयले अपराध स्वीकार गरेको जनाइएको छ। प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिहरूको सम्भावित भूमिका बारे थप अनुसन्धान गरिरहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *