काठमाडौं । पशुपति क्षेत्रमा जारी कोटिहोमका मुख्य आयोजक विजयकृष्ण मूर्तिलाई पक्राउ गर्न खोज्दा शुक्रबार राति कोटिहोम स्थल तनावग्रस्त बन्यो । कोटिहोम स्थलमा प्रहरी पुगेपछि आयोजकका समर्थकले नाराबाजी गरेका थिए ।

प्रहरीले पक्राउ गर्न खोजेपछि विजयकृष्णले समर्थकलाई आफू गिरफ्तार भएमा आन्दोलन गर्न आदेश दिएका थिए । लगत्तै उनका समर्थक र सहयोगीले प्रहरी र सरकारविरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि प्रहरी फर्किन बाध्य भएको थियो भने उनीहरु पत्रकारमाथि पनि जाइलागेका थिए । रिपोटिङको लागि कोटिहोम पुगेका पत्रकार श्यामसुन्दर पुडासैनीमाथि हातपात गरिएको थियो ।