काठमाडौं । अण्डाको मूल्य घटेको छ । नेपाल कुखुरा व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछानेले अण्डाको मूल्य घटेको जानकारी दिए ।
ठुलो साइजको अण्डाको मूल्य ५२० रुपैयाँ प्रतिक्रेट रहेकोमा प्रतिक्रेट २० रुपैयाँले घटेर हाल पाँच सय रुपैयाँ भएको उनले बताए । ।
यस्तै, ठुलो साइजको अण्डा पछिल्लो पटक प्रतिक्रेट ५०५ रुपैयाँबाट घटेर ४७५ भएको छ । यस्तै, मध्यम खालको अण्डाको मूल्य ४४५ रुपैयाँ प्रतिक्रेटबाट घटेर ४१५ भएको छ ।
चितवनलाई आधार मानेर अण्डाको मूल्य समायोजन गरिएको बताइएको छ ।