Search
Close this search box.
Search
Close this search box.

कोसी र गण्डकीमा भारी वर्षा

काठमाडौं । आज देशभरको मौसम दिउँसोदेखि रातिसम्मै आंशिक बदली रहने भएको छ । दिउँसोतिर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको पहाडी भू–भागमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज राति कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

EPIC EPIC EPIC

कोसी, वाग्मती र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

 कोसी र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

जसका कारण बाढी, पहिरो र अन्य प्राकृतिक विपद्को जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *