झापा । उत्पादन र आम्दानीको दृष्टिले लाभदायी मानिएको रबर बालीको अध्ययन, अनुसन्धान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुद्धशान्ति गाउँपालिकालाई ‘गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबरग्राम’ घोषणा गर्ने भएको छ ।
लोकतन्त्र, शान्ति र विकासको मूल नारासहित स्थापित जी.पी. फाउण्डेशनले आज आदर्श नमूना सामुदायिक बन बुद्धशान्ति–३ मा आयोजित एक समारोहका बीच रबरग्राम घोषणा गर्न लागेको हो ।
फाउण्डेशनका झापा अध्यक्ष बुद्धिराज न्यौपानेका अनुसार केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजता कोइरालाको प्रमुख आतिथ्य र कृषि सचिव डा. योगेन्द्र कार्कीको विशिष्ट आतिथ्यमा हुने कार्यक्रमका बीच रबरग्राम घोषणा गरिनेछ । सोही कार्यक्रमका बीच उत्कृष्ठ रबर किसानहरुलाई सम्मान पनि गरिने जी.पी. कोइराला रबरग्राम कार्यक्रमका सचिव तथा रबरजोन जिल्ला समिति झापाका सल्लाहकार सिताराम बास्तोलाले जानकारी दिए ।