रेडक्रसको स्थापना दिवसमा झापाको जलथलमा २८ जनाले गरे रक्तदान

हल्दिबारी – नेपाल रेडक्रस सोसाइटीको ६२औं स्थापना दिवसको अवसरमा झापाको जलथलमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। रेडक्रस सोसाइटी उपशाखा जलथलले चिल्ड्रेन गार्डेन अङ्ग्रेजी विद्यालय, हल्दिबारी-३ मा आयोजना गरेको उक्त रक्तदान कार्यक्रममा २८ जनाले रक्तदान गरेका छन्, जसमा ७ महिला र २१ पुरुष सहभागी थिए।

कार्यक्रममा विद्यालयका पूर्वप्रधानाध्यापक  दुर्गा मणी गौतम, रेडक्रस सोसाइटी जलथल उपशाखाका सचिव खिवराज भट्टराई, कार्यपालिका सदस्य भगिरथा दाहाल, वडा सदस्य सुरेन्द्र बाराकोटी, महेन्द्र माविका शिक्षक सिताराम खरेल, साथै, विद्यालयका शिक्षक-शिक्षिका तथा स्थानीय अग्रज व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रमको औपचारिक उद्घाटन नेरेसो जलथलका सभापति रेम खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो। खरेलले कार्यक्रममा बोल्दै सामाजिक काम गर्दै आएको रेडक्रसले रगतको अभाव कम गर्न योगदान पुर्‍याउने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *