Search
Close this search box.
Search
Close this search box.

सत्तारुढ दलले उपसभामुख राना विरुद्ध महाभियोग प्रस्तावको तयारी

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई हटाउन सत्तारुढ दलले प्रस्ताव पेस गर्ने तयारी थालेका छन् । सोमबार अपराह्न बालुवाटारमा बसेको सत्ता गठबन्धन दलहरूको शीर्ष नेता उपस्थित बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख रानाविरूद्ध प्रस्ताव पेस गर्ने निर्णय गरेका हुन् ।

प्रधानमन्त्री ओलीले एमाले र नेपाली कांग्रेसको साझा प्रस्ताव भन्दै रानालाई हटाउनु पर्ने बताएका थिए । ओलीले गरेको उक्त प्रस्तावमा सत्ता गठबन्धनमा रहेका सबै दल सहमत रहेको स्रोत बताउँछ । प्रक्रिया पूरा गरेर सम्भवतः आजै प्रस्ताव दर्ता हुने बालुवाटार स्रोतले बताउँछ । आइतबार नै प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसबारे छलफल भएको थियो ।

EPIC EPIC

उनीहरूका बीचमा रिक्त संवैधानिक निकायमा पदपूर्तिका बारेमा छलफल भएको थियो । त्यसक्रममा छलफलमा देउवाले संवैधानिक निकायमा कांग्रेसका एक जना पनि सदस्य नरहेको बताएका थिए । हालको प्रावधानअनुसार संवैधानिक परिषदको निर्णय ५० प्रतिशत सदस्यबाट हुन्छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

सदस्यहहरू मध्ये प्रमुख प्रतिपक्षी दलका नेता  पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा छन् । यसो हुँदा दुवैतिर ५०/५० प्रतिशत हुने र निर्णय गर्न कठिन हुने भन्दै प्रधानमन्त्री ओलीले उपसभामुखविरूद्ध महाभियोग प्रस्ताव गरेका हुन् ।  

‘उपसभामुखको आचारणमा प्रश्न पनि उठेको छ । हामीलाई निर्णय गर्न पनि सजिलो हुन्छ । महाअभियोग प्रस्ताव दर्ता गरौं । दुई तिहाइबाट पारित गर्ने जिम्मा मेरो भयो,’ प्रधानमन्त्री ओलीको प्रस्ताव उल्लेख गर्दै स्रोतले सुनायो । संविधानको धारा ९१ को उपधारा ६ को (ग) मा उपसभाखुले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था छ । प्रतिनिधि सभाका एक चौंथाइ सांसदले प्रस्ताव प्रस्ताव दर्ता गर्न सक्छन् ।
 

रास्वपा आन्तरिक छलफलमा
सत्ता गठबन्धनको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि आन्तरिक छलफल थालेको छ । सत्तारुढ दलमा यो विषयमा छलफल भएपछि मंगलबार संसद् बैठकअघि पार्टीमा अनौपचारिक छलफल गर्न लागिएको प्रमुख सचेतक सन्तोष परियारले बताएका छन् ।  यसबारे आफूले भर्खरै सूचना पाएको भन्दै उनले थप अध्ययन गरेर संसद् बैठकमा पनि कुरा उठाउने उनले बताए । 

‘उपसभामुखलाई हटाउने सत्ता गठबन्धन दलमा भएको छलफललाई हामीले गम्भीररूपमा लिएका छौँ । यसबारे छलफल गर्न हामीले अनौपचारिक बैठक बोलाएका छौँ । थप अध्ययन गरेर संसद्को दिउँसो बस्ने संसद् बैठकमा कुरा उठाउँछौँ’, उनले भने । यसअघि उपसभामुख राना असम्बन्धित व्यक्तिलाई अन्तर्वार्ताका लागि समय मिलाइ दिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेपछि विवादमा मुछिएकी थिइन् । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *