Search
Close this search box.
Search
Close this search box.

आज ‘मोहम्मद डे’, इस्लाम धर्मावलम्बीले हर्षोल्लासपूर्वक मनाउँदै

झापा। इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहे वस्सल्लमको आज जन्मदिन अर्थात् ‘मोहम्मद डे’ नेपाल लगायत विश्वभर मनाइँदै छ ।

‘मोहम्मद डे’ को अवसरमा इस्लाम धर्मावलम्बीहरुले आज विभिन्न कार्यक्रम गरी हर्षोल्लासपूर्वक मनाउँदैछन् । आज इस्लाम धर्मावलम्बी बस्तीहरुमा हर्षोल्लास छाएको छ ।

EPIC

‘मोहम्मद डे’को लागि आज झिलीमिली, ध्वजा पताका लगाई बेलुन, दिपावली बत्तीसहित मुस्लिम धर्मवालम्बी बस्तीहरु सिंगारिएको छ । मुस्लिम धर्मावलम्बीहरुको आफनै पात्रो हुन्छ जसलाई हिजरी भन्ने गरिन्छ । हिजरी पात्रो १ सालमा १२ महिना हुन्छ । प्रत्येक महिना चन्द्रमाको आधारमा नयाँ तारिख शुरु हुन्छ ।

मुस्लिम समुदायले आफुले धार्मिकरुपमा मनाइने विभिन्न चाडपर्वहरु चन्द्रमा हेरेर तारिख यकिन गरि मनाउने हुँदा यो समुदायका लागि चन्द्रमा धेरै महत्वपूर्ण मानिएको छ ।

मोहम्मद डे मनाउन अल्लाह ९भगवान०को आदेशसमेत भएको र स्वंयम पैगम्बर मुहम्मद ९इस्लाम धर्मका प्रवर्तक०लाई करोडौं दुरुद र सलामले पनि आफु अवतारित दिन र क्रमको व्याख्या गरि ‘मोहम्मद डे’ मनाइने इस्लाम धर्मगुरुहरु बताउँछन् ।

उनीहरुका अनुसार विश्वका मुसलमानहरु धार्मिक स्थलहरुको सरसफाई र सजावट गर्ने लगायत एकै ठाउँमा भेला भई अल्लाहको आदेश मुहम्मद सल्लल्लाहो अलैह वसल्लमको जीवनी र उपदेश, मुस्लिमहरुले पालना गर्नुपर्ने हुन्छ ।

प्रवर्तक मोहम्मद र धार्मिक आचारसंहिताको बारेमा जानकारहरुले चर्चा परिचर्चा गरि स्मरण गराउने, गरिबहरुलाई दान दक्षिणा प्रदान गर्ने गरिन्छ । मोहम्मद दिवशले मुस्लिम समुदायलाई एकताको सूत्रमा बाँध्नुका साथै भाइचारासमेत कायम गर्ने गर्छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *