Search
Close this search box.
Search
Close this search box.

चुलाचुलीमा हात्तीको आक्रमणबाट एक वृद्धको मृत्यु

इलाम। इलामको चुलाचुली गाउँपालिका–२ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ।

हात्ती खेदाउन जाँदा चुलाचुली १ का ७३ वर्षे राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए।

EPIC EPIC

सोमवार साँझ साढे ७ बजेतिर हात्तीको आक्रमणमा परी गम्भीर घाइते भएका राईको गएराति साढे १० बजेतिर मृत्यु भएको ढकालको भनाइ छ।

घर वडा नम्बर १ मा भएपनि राई वडा नम्बर २ को निगुरेमा खेतीपाती गरेर बस्दै आएका थिए।

चुलाचुली गाउँपालिका इलामको चुरे क्षेत्रमा पर्छ। चुलाचुली, महमाई, दानबारीलगायत गाउँमा बर्सेनि हात्तीले स्थानीयलाई दुःख दिनेगरेको छ। 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *