दीपज्योति सामुदायिक बनको नवगठित कार्यसमितिलाई शपथग्रहण

कचनकवल। कचनकवलमा रहेको दीपज्योति सामुदायिक वन उपभोक्ता समूहको नवनिर्वाचित कार्यसमितिलाई आइतबार एक कार्यक्रमका बीच शपथ ग्रहण तथा प्रमाणपत्र वितरण गरिएको छ। सर्वसम्मत रूपमा चयन भएका कार्यसमितिका पदाधिकारीहरूलाई शपथ
ग्रहण र प्रमाणपत्र वितरण गरिएको हो।

कार्यक्रममा सामुदायिक वन जिल्ला महासंघका अध्यक्ष बेदप्रकाश भण्डारीले नवनिर्वाचित पदाधिकारीहरूलाई शपथ ग्रहण गराएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

निर्वाचनबाट हरि लिम्बू अध्यक्षमा, मदनकुमार घिमिरे उपाध्यक्षमा, रिता सापकोटा कोषाध्यक्षमा, पुष्पा घिमिरे कार्की सचिवमा, र भगवती राजवंशी सहसचिवमा निर्वाचित भएका छन्। यसैगरी सदस्यहरूमा पूर्णमाया सेलिङ, रुद्र उप्रेती, चनलाल राजवंशी, कमरुल मियाँ, ज्ञानबहादुर बस्नेत, जनार्दन थापा, सुजता पराजुली, सन्तोष भट्टराई, र जीतु राजवंशी चयन भएका छन्।

शपथग्रहण कार्यक्रममा जिल्ला महासंघ अध्यक्ष बेदप्रकाश भण्डारी, स्थानीय महासंघ अध्यक्ष चेतराज भट्टराई, वडा नं. ७ का निर्वाचित सदस्य फागुलाल राजवंशी, निर्वाचन समितिका सदस्य टेकनारायण राजवंशी, दिपतारा थाम्सेहाङ, गाउँपालिकाका प्रतिनिधि कैशिला आचार्यलगायतको उपस्थिति रहेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *