कचनकवल गाउँपालिकाद्वारा ७० प्रतिशत अनुदानमा उच्च जातको तोरीको बिउ वितरण

बनियानी। कचनकवल गाउँपालिकाले यस वर्ष यहाँका किसानहरूलाई उच्च जातको तोरीको बीउ वितरण गरेको छ। गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत वितरण गरिएको बीउले किसानहरूको उत्पादनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार यहाँका किसानहरूले लामो समयदेखि उच्च जातको तोरीको बीउको माग गरिरहेको हुँदा यस वर्षको बजेटबाट उक्त बीउ वितरण गरिएको हो।

गाउँपालिका अध्यक्ष कालेन्द्र प्रसाद राजवंशीले उच्च जातको तोरीको बीउले किसानहरूलाई ठूलो राहत पुग्ने र राम्रो उत्पादन हासिल हुनेमा आफू आशावादी रहेको बताउनुभयो। साथै, आगामी वर्षबाट थप कृषि कार्यक्रमहरू अघि बढाउने योजना रहेको उहाँले जानकारी दिनुभयो।

EPIC EPIC EPIC

यसैगरी, कृषि शाखा अधिकृत सुमन सापकोटाले १ केजी बीउलाई ९० रुपैयाँको दरमा किसानहरूलाई वितरण गरिरहेको बताउनुभयो। “यो तोरीको जात मोरङ-२ का नामले परिचित रहेको छ,” उहाँले थप जानकारी दिनुभयो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *