धनगढी । सुदूरपश्चिम प्रदेशमा दशैं र तिहारकाे अवधिमा जुवातास खेल्ने झण्डै ४०० जनालाई प्रहरीले पक्राउ गरेकाे छ ।
प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा मातहतका कार्यालयबाट समेत खटिएको टाेलीले प्रदेशका ६ जिल्लाबाट ३९७ जना जुवाडेलाई २९ लाख रुपैयाँ भन्दा बढी रकमसहित पक्राउ गरेकाे हो ।
सुदूरपश्चिचम प्रदेश प्रहरी कार्यालय धनगढीकाे तथ्यांकअनुसार सबैभन्दा धेरै कैलालीमा १८४ जना पक्राउ परेका छन् । उनीहरूकाे साथबाट ११ लाख ९ हजार रूपैयाँ नगद बरामद गरिएको छ ।