Search
Close this search box.
Search
Close this search box.

अधिक तरलता भएपछि बैंकिङ्ग प्रणालीबाट ५० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउने भएको छ । बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैंकले कात्तिक २५ गते ५० अर्ब रुपैयाँ उठाउँन लागेको हो ।

२१ दिन अवधीका लागि राष्ट्र बैंकले उठाउन लागेको ५० अर्ब रुपैयाँको साँवा तथा ब्याज बैंकहरुले मंसिर १६ गते फिर्ता पाउने राष्ट्र बैंकले जनाएको छ । क, ख र ग वर्गका बैंक तथा वित्तिय संस्थाहरुले घटीमा १० करोड र बढीमा ५ करोडले भाग गर्दा नि: शेष आउने अंक बराबरको निक्षेप राष्ट्र बैंकमा राख्न सक्ने बैंकले जनाएको छ ।

EPIC EPIC EPIC

बैंकहरुले त्यसरी राखेको निक्षेपको ब्याजदर भने बोल कबोलका माध्यमबाट निर्धारण हुनेछ । अर्थात् सबै भन्दा थोरै ब्याजदर कबोल गर्ने बैंक तथा वित्तिय संस्थाको निक्षेप राष्ट्र बैंकले स्वीकार गर्ने राष्ट्र बैंकले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *