Search
Close this search box.
Search
Close this search box.

कचनकवलका ८ सामुदायिक विद्यालयमा नर्स नियुक्ति, स्वास्थ्य प्रवर्द्धनको दिशामा ऐतिहासिक कदम

कचनकवल। कचनकवल गाउँपालिकामा शिक्षाको स्तरोन्नति र स्वास्थ्य प्रवर्द्धनलाई लक्षित गर्दै विद्यालय नर्स व्यवस्थापनको महत्वपूर्ण पहल गरिएको छ। गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीको अथक प्रयासबाट, प्रदेश सरकारको सहकार्यमा, गाउँपालिका अन्तर्गतका आठवटा सामुदायिक माध्यमिक विद्यालयहरूमा विद्यालय नर्स (स्टाफ नर्स) नियुक्ति गरिएको छ।

उक्त कार्यक्रममा श्री बुद्ध मावि, श्री लक्ष्मी प्रसाद देवकोटा मावि, श्री महेन्द्र रत्न मावि, श्री जानकी मावि, पाठामारी, श्री लक्ष्मी मावि, श्री पथरिया मावि, श्री मोति मावि, र श्री जनता मावि, समावेश छन्।

EPIC EPIC EPIC

यस पहलको प्रभावकारी कार्यान्वयनका लागि नवनियुक्त नर्सहरूको लागि ६-दिन लामो तालिम आजबाट सुरु भएको छ। तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष नवराज भट्टराई, तथा कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीको उपस्थिति थियो। स्वास्थ्य सेवा विभाग, टेकुका नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाका वरिष्ठ नर्सिङ प्रशासक श्रीमती बाला राईले तालिम सहजीकरण गरेकी छिन्।

गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशीका अनुसार, यस पहलले विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक, तथा समुदायमा स्वास्थ्यसम्बन्धी जनचेतना र सेवा विस्तारमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

Nabin Upreti नबिन उप्रेती

नवीन उप्रेती

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका झापा सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *