हल्दिबारी गाउँपालिका वडा नं. २ ले वडाको वार्षिक सिलिङ बजेटबाट कृषकहरूलाई उन्नत जातको आलुको बिउ वितरण गरेको छ। वडाले निवेदन माग गरी ४०९ जना कृषकलाई ६ किलोको दरले कुल २६ क्विन्टल बिउ वितरण गरेको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिएका छन्। यो बिउको मूल्य करिब २ लाख १० हजार रुपैयाँ बराबर रहेको छ।
वडाले प्रत्येक वर्ष कृषकहरूको मागअनुसार आलु, गहुँ, तोरी लगायतका बिउ वितरण गर्दै आएको छ। तोरी र गहुँको बिउ लागत साझेदारीमा वितरण गरिन्छ भने आलुको बिउ पूर्ण रूपमा अनुदानमा प्रदान गरिएको वडा सदस्य रचना कुलुङले बताइन्।
यस कार्यक्रमले कृषकहरूको उत्पादन वृद्धि र कृषि विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।