कचनकवल। नेकपा एमालेको भातृ संगठन समृद्ध नेपाल सुखी नेपालीको सपना बोकेर हिडेको राष्ट्रिय युवा संघ नेपाल कचनकवलले आर्थिक अभावका कारण उपचारबाट वञ्चित एक बिरामीलाई आर्थिक सहयोग प्रदान गरेको छ।
युवा संघले कचनकवल गाउँपालिका–६ निवासी कलेजो रोगबाट ग्रसित सुमन चौधरीको उपचारका लागि आर्थिक सहयोग गरेको हो। कलेजो प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाहपछि संघले अभियान सञ्चालन गरी रकम संकलन गरेको थियो।
युवा संघ कचनकवलका अध्यक्ष नवराज ढुंगानाको नेतृत्वमा चौधरीको घरमै पुगेर आइतबार (आज) ३९ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ। सहयोग रकम कोशी प्रदेशका पूर्व सांसद बसन्त बानियाँले उनका बुवा देवु चौधरीलाई हस्तान्तरण गरिएको थियो।
“चौधरी लिभरको समस्याबाट पीडित हुनुहुन्छ। डाक्टरको सल्लाहअनुसार लिभर ट्रान्सप्लान्ट गर्नुपर्ने भएपछि हामीले अभियान सञ्चालन गरेर आर्थिक सहयोग गरेका हौं,” अध्यक्ष ढुंगानाले बताए।
चौधरीको उपचारका लागि अझै ठूलो रकम आवश्यक भएकाले थप सहयोगको अपिल गरिएको छ।
देबु चौधरीका छोरा सुमन चौधरीको उपचारार्थ सहयोग गर्ने सहयोगीहरूको सूची
नेपालभित्रका सहयोगी:
अर्पणा कट्टेल – रु ५००
टिकाराम दाहाल – रु ७००
नवराज भट्टराई – रु २१००
मनराज भट्टराई – रु १०००
जितु गुरुङ – रु ५००
कुलबहादुर कार्की – रु ५००
बसन्त बानियाँ – रु १०००
शिव गुरुङ – रु ५००
किशोर न्यौपाने – रु ५००
कमल घिमिरे – रु १०००
सियाम घिमिरे – रु ५००
गोपाल घिमिरे – रु ५००
लक्ष्मण खतिवडा – रु ५००
उत्तम गौतम – रु ५००
नविन घिमिरे – रु ५००
लेखनाथ दाहाल – रु ६००
गणेश भण्डारी – रु १०००
लेखनाथ खत्री – रु १०००
अमर राई – रु ५००
ममता कार्की – रु ५००
कृतिका अधिकारी – रु १०००
रमेश बिक – रु ५००
डिल्लीराम पोखरेल – रु १०००
रविन गन्धर्व – रु १०००
नवराज ढुंगाना – रु १०००
विवेक बराल – रु ५००
युवा संघका केन्द्रीय सचीव पर्वत भण्डारी – रु ५०००
विदेशबाट सहयोग: रेश्मा क्षेत्री (अमेरिकामा बसोबास) – रु १५,००१
One Response
39401/- हुनु पर्ने 39000/- मात्रै दिइएको देखियो।हामिले पठाको पैसाको हिसाब छैन।फेद देखि टुप्पो सम्म सबै यस्तै हो?