मेचिनगर नगरपालिका–८, मकरे चौकस्थित भित्री पक्की सडक खण्डमा मंसिर ३ गते राति ९:२० बजे मोटरसाइकल दुर्घटना भएको थियो। ईँटाभट्टाबाट नकलबन्दा तर्फ गइरहेको मे ७ प १२३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेको हो।
दुर्घटनामा परि मेचिनगर–६ निवासी ३४ वर्षीय दिवश प्रधान गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो। तर, उपचारका क्रममा राति ९:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।