Search
Close this search box.
Search
Close this search box.

ग्रामीण विकास र महिला सशक्तीकरणमा योगदान गर्दै साना किसान पथरियाको २१औं वार्षिक साधारण सभा सम्पन्न

कचनकवल। श्री साना किसान कृषि सहकारी संस्था लि. पथरियाको २१औं वार्षिक साधारण सभा शनिबार(आज) कचनकवल ३ स्थित राजवंशी समाज विकास भवनमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्र प्रसाद सिंह राजवंशी रहेका थिए। विशिष्ट अतिथि नौलो भविष्य साना किसान सहकारी संस्थाका अध्यक्ष रविचन्द्र ओझासहित अन्य थुप्रै विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।

EPIC EPIC EPIC

सभामा संस्थाका अध्यक्ष इश्वर थापाले २०८०/८१ का वार्षिक प्रगतिहरू प्रस्तुत गर्दै संस्थाले ग्रामीण विकास, महिला सशक्तीकरण, कृषि व्यवसाय प्रवर्द्धन, र क्षमता विकासमा खेलेको भूमिकालाई विशेष रूपमा उजागर गरे।

संस्थाको लेखा प्रतिवेदन अनुसार २०८०/८१ मा कुल सेयर पुँजी रु. १५३०,००० रहेकोमा आगामी वर्षमा रु. २५७७,००० पुग्ने प्रक्षेपण गरिएको छ। साथै, ऋण लगानी रु. ३७६९५,००० बाट वृद्धि गरी २०८१/८२ मा रु. ४८०००,००० पुर्‍याउने योजना छ। विगत वर्षमा रु. १३६६६,००० घाटा रहेकोमा आगामी वर्षमा रु. २०१४,००० नाफा गर्ने लक्ष्य राखिएको छ।

सभाले सहकारी ऐन २०७४ अनुसार भाखा नाघेका ऋणहरूको असुली प्रक्रियालाई तीव्रता दिने, संस्थाको विनियम र आन्तरिक कार्यविधिहरू पुनर्लेखन गर्ने, र उपयोगविहीन सम्पत्ति बिक्री गरी तरलता व्यवस्थापन गर्ने निर्णय पारित गरेको छ। साथै, कार्यक्षेत्रभित्रका अन्य सहकारीहरूसँग एकीकरण गरी व्यवसाय विस्तारको योजनालाई प्राथमिकता दिने उल्लेख गरियो।

सभामा प्रस्तुत प्रतिवेदन अनुसार संस्थामा हाल १०१६ सदस्य छन्, जसमा ८६४ महिला र १५२ पुरुष छन्। ९ सदस्यीय संचालक समिति र ३ सदस्यीय लेखा समितिले संस्थाको सञ्चालनमा नेतृत्व प्रदान गरिरहेका छन्।

संस्थाका अध्यक्ष इश्वर थापाले संस्थाको प्रगतिमा योगदान दिने सम्पूर्ण शेयर सदस्य, कर्मचारी, स्थानीय जनप्रतिनिधि, र सहकारी संघ-संस्थाहरूलाई धन्यवाद व्यक्त गर्दै भविष्यमा थप प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष मन्दिरा भट्टराईले राखेकी थिइन् । त्यस्तै शुभकामना मन्तव्य नौलो भविष्य साना किसान सहकारी संस्थाका अध्यक्ष रविचन्द्र ओझा र त्रिवेणी साबउसका अध्यक्ष लिलाधर प्रसाद राजवंशीले राखेका थिए। त्यस्तै, कार्यक्रम संस्थाका प्रवन्धक हरि निरौलाले सञ्चालन गरेका थिए। प्रमुख अतिथि र विशिष्ट अतिथिहरूले सहकारी संस्थाको प्रगतिमा प्रशंसा गर्दै थप सुधारका लागि सुझावहरू राखेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *