बुद्धशान्तिबाट गाँजासहित युवती पक्राउ

झापा । लागूऔषध गाँजाको कारोबार गरिरहेको अबस्थामा झापाको बुद्धशान्तिबाट प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । गएराति ११।३० बजे बुद्धशान्ति गाउँपालिका वडा नं।३ धिमाल टोलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले सोही ठाउँ बस्ने ६० वर्षीय श्याम धिमालको घर खानतलासी लिँदा उनी सुत्ने कोठाबाट तयारी गाँजा ४ केजी फेला परेको थियो ।

गाँजासहित उक्त कोठाबाट भारतीय रुपैयाँ २ हजार ३६०, नेपाली रुपैयाँ ३ लाख ६ हजार ८७० , तराजु –१ थान, ढक ८ वटा, माटोको चिलिम ६७ पिस, लाईटर १० पिस, सुतली डोरी अन्दाजी १० मिटर, प्याकेजिङ प्लाष्टिक ५० पिस, दाउजस्तो कटर चक्कु ३ थान, कैची १ थान, अचानो २ वटा, हतौडा १ थान र मोबाईल १ थानसमेत बरामद भएको थियो ।

EPIC EPIC EPIC EPIC EPIC

ती सामानहरुसहित श्याम धिमालकी छोरी २९ वर्षीया दुर्गा धिमाललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
8
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
1
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *