Search
Close this search box.
Search
Close this search box.

भक्का बेचेर छोरोको पढाइ र परिवारको खर्च जुटाउने गोलधापकी एकल आमा

बिर्तामोड । गोलधाप १ की निर्मला चौधरी हरेक दिन विहान र बेलुका भक्का बिक्रीका लागि रामचोकमा बिहान ५ बजे नै पुग्छिन् । उनले भक्का बेच्न सुरु गरेको सात वर्ष भयो । कात्तिकदेखि फागुनसम्म भक्का बिक्री गर्ने गरेको र यसैबाट घरखर्च जुटाउने गरेको उनले सुनाइन् ।

उनले भक्का प्रतिगोटा रु १५ का दरले बिक्री गर्छिन् । उनले भनिन्, “भक्का बिक्रीबाट दैनिक राम्रै हुन्छ, मेहनतअनुसारको कमाइ छ, घर खर्चमा सहयोग पुगेको छ ।” उनले हरेक दिन करिब सात केजी चामलको पिठोको भक्का बिक्री गर्दै आएकी छिन् । उनका अनुसार बिहानै कलेज, स्कुलजाने विद्यार्थीहरु, स्थानीयहरु, मर्निङवाक गर्नेहरुनै भक्का खान झुम्मिन्छन |

EPIC EPIC EPIC

चामललाई केही समय पानीमा भिजाएर त्यसलाई पिसेर पिठो बनाएपछि भक्का बनाउनका लागि तयार हुन्छ । भक्का विशेष गरी दाउराको प्रयोग गरेर आगोमा बनाइने हुँदा दाउरा धेरै खपत हुन्छ । अहिलो एक भारी दाउराकै रु दुई सय पर्ने गरेको उनको भनाइ छ । एक भारी दाउराले १० दिन पुग्छ । सुरुका वर्षमा भक्का प्रतिगोटा रु ५ मा बिक्री भए पनि अहिले प्रतिगोटा मूल्य रु १५ पुगेको उनले सुनाइन् ।

दुईबर्ष अघि श्रीमान बितेपछी अहिले निर्मला एक्लै भएकी छन् | परिवारमा आफु र एक छोरा मात्र भएको र भक्क बेचेरै पढाएको छोरो अहिले कुरियर अफिसमा जागिर खान्छ खुसी छु उनले बताइन |

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *