बुधबारे जेसिजद्वारा बिर्तामोड उद्योग वाणिज्यसंघ अध्यक्ष शिवाकोटी सम्मानित

बुुधबारे, फागुुन २२ । बिर्तामोड उद्योग वाणिज्य संघको हालै सम्पन्न निर्वाचन मार्फत अध्यक्षमा निर्वाचित हुनुुभएका प्रकाश शिवाकोटीलाई बुधबारे जेसीजले आज एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा बुद्धशान्ति वडानम्बर ३ का वडाध्यक्ष कमल उप्रेतीको प्रमुख आतिथ्यमा बुुद्धशान्ति उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा उहाँलाई सम्मान गरिएको हो । शिवाकोटी बुधबारे जेसीजको संस्थापक अध्यक्ष पनि हुनुुहुन्छ ।

EPIC EPIC EPIC EPIC EPIC

बुधबारे जेसीजका कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकालको संयोजकत्वमा भएको कार्यक्रममा बुधबारे जेसीजका कानुनी सल्लाहकार गजुहाङ योङहाङले जेसीज आस्था पाठ गरेका गर्नुभएको थियो ।

कार्यक्रम संयोजक ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुुख अतिथि उप्रेती, विशेष अतिथि बुुद्धशान्ति उद्योग वाणिज्य संघका अध्यक्ष रुद्र चापागाई, विशेष अतिथि सामाजिक व्यक्तित्व गुुरु ओली, अतिथि बुधबारे जेसीजका पूर्व अध्यक्ष सेमन्त पोखरेलले शुुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमका वक्ताहरुले उद्योगी व्यवसायीले नव निर्वाचित अध्यक्षबाट ठूलो आशा राखेको भन्दै उहाँहरुको आशा अनुुरुप कार्य गर्न सफलताको शुभकामना व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा सम्मानित व्यक्तित्व शिवाकोटीले चुनावमा विजयी गराउन भूमिका खेल्ने सम्पूर्णलाई धन्यवाद दिँदै आफूले चुनावताका बोलेका कुराहरु अक्षरस पालना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले जेसीज युवाबाट समाजले सदैव सकारात्मक भूमिकाको अपेक्षा गर्ने हुँदा सोहि अनुुरुप जेसीजमा आवद्ध युवा लाग्नुुपर्ने धारणा राख्नुुभयो ।

कार्यक्रमका सभापति वाग्लेले बुधबारे जेसीजका संस्थापक अध्यक्षको विजयीले बुधबारे जेसीजलाई मात्र होइन सिँगो बुद्धशान्तिलाई पनि गर्वको अनुुभूति भएको बताउनुु भयो ।

महासचिव सुजित बरालले संचालन गर्नुभएको कार्यक्रममा बुुधबारे जेसीजका पूर्व अध्यक्षहरु फडिन्द्र चापागाई, सेमन्त पोखरेल, रमेश बराल, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई सहित बोर्डका पदाधिकारीको आतिथ्यता थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *