कनकाई माइमेलाको तयारी शुरु

झापा । पूर्वकै प्रसिद्ध मेला कन्काई माई मेला यस वर्ष भव्य रुपमा लगाउने तयारी सुरु गरिएको छ । माइमेला शिवसताक्षी नगरपालिका स्थित वडा नम्बर १० माइधारमा धुमधामले लाग्ने भएको हो । स्वतस्फूर्त धार्मिक मेलाको रुपमा लाग्दै आएको माई मेला कन्काई यस वर्ष शिवसताक्षी नगरपालिका वडा नं १० ले लगाउने भएको छ । वडा कार्यालयले माइमेलालाई व्यवस्थित बनाउन तयारी सुरु गरेको जनाएको छ ।

मेलालाई व्यवस्थित गर्न र कनकाई पुलमा भीड भाड कम गर्नका लागि कनकाई नदिमा बैकल्पिक पुल निर्माणका लागि काम सुरु गरिएको शिवसताक्षी नगरपालिका वडा नं १० वडाध्यक्ष तथा माइमेला संयोजक हर्क सिुगले बताए ।

EPIC EPIC EPIC

वडाध्यक्ष सिगुका अनुसार गएका वर्षहरु भन्दा ठूलो रुपमा मेला लगाउने योजना रहेको छ । मेलामा लगाउन ठेक्का दिदाँ भिटौरी शुल्क महगो भयो, भन्ने व्यापारीको गुनासो आएपछि यस वर्ष वडाले आफै मेला लगाउने तयारी गरेको वडाध्यक्ष सिगुले जानकारी दिए । उनले भने, हामी गएका वर्षहरु भन्द कम शुल्क तोकेर भिटौरी लिने व्यवस्था मिलाउँछौ । सबै व्यापारीहरुलाई मेलामा व्यवसाय सञ्चालन गर्न आग्रह समेत गर्दछौ ।

कन्काई माई विशेष गरी हिन्दु धर्मावलम्बीहरुको धार्मिक मेला भएको हुँदा मेलामा मकर नुहाउने, पुजा आरधाना लगायत कार्यक्रम हुने गरेको छ । मेलामा विभिन्न खेल तमासा, पिङ, नौका, ड्रागन, सकर्स, बुगीबुगी डान्स, सरकारले मान्यता दिएको आधिकारिक खेलवाडहरु, चिल्ड्रेन खेलहरु सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

यस वर्ष माइ मेला ५ दिन लाग्ने व्यवस्था मिलाइएको छ । पौष २७ बेलुका सम्ममा सम्पूर्ण तयारी पुरा गरेर २८ गते दिउँसो १२ बजे मेला उद्घाटन गरिने छ भने, मेला माघ ४ गते सम्म सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ ।

गरिब ५ विगाह क्षेत्रफलमा मेला लगाइने र मेलाका लागि जग्गा व्यवस्था भइसकेको वडाध्यक्ष सिगुले जानकारी दिए । मेलामा यातायात व्यवस्थापन र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी तथा ट्राफिकहरुलाई परिचालन गरिने छ ।

एसियन हाइवे निर्माणका चरणमा रहेकाले सडक छेउमा सवारी पार्किङ्गमा समस्या रहेको भन्दै वडाध्यक्ष सिगुले सडक उत्तरपट्टीको सागरनाथ वन क्षेत्रमा पार्किङ्गको व्यवस्था मिलाइने बताए ।

माघ १ गते मकर नुहाउन र धार्मिक अनुष्ठान गर्न नेपालका विभिन्न स्थानका साथै छिमेकी मुलुक भुटान, भारतको सिक्किम, असम, मनिपुर, दार्जिलिङ, सिलिगुडी लगायतका तीर्थालु भक्तजनहरु आउने गरेका छन् । झापाको कनकाई माई वारि माईधार तथा नदीको तट आसपासमा मेला लाग्ने गरेको छ भने कनकाई नगरपालिकाको कोटिहोम परिसरमा धुमधामले मेला लाग्ने गरेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *