पहिलो नेपाली महिला राजदूत विन्देश्वरी शाहको निधन

काठमाडौं । पहिलो नेपाली महिला राजदूत विन्देश्वरी शाहको बिहीबार निधन भएको छ । २ फागुन १९८९ मा जन्मिनुभएकी शाहको आफ्नै निवास कालीमाटी, काठमाडौंमा निधन भएको हो । सन् १९८८ मा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहले उहाँलाई भारतका लागि नेपाली राजदूतमा नियुक्त गर्नुभएको थियो । राजदूतका रूपमा नियुक्ति पाउने उहाँ पहिलो नेपाली महिला हुनुहुन्छ ।

नेपालमा २०४६ सालको जनआन्दोलन हुँदा उहाँ नै भारतका लागि नेपाली राजदूत हुनुहुन्थ्यो । सन् १९९१ मा भारतबाट फर्केपछि परराष्ट्र मन्त्रालयको अतिरिक्त सचिवसम्म भएर उहाँले काम गर्नुभएको थियो । उहाँका पिता पद्मसुन्दर मल्ल निर्वासनमा भएका बेला उहाँको जन्म भारतको खर्साङमा भएको थियो । त्यहीँबाट प्रारम्भिक शिक्षा हासिल गर्नुभएकी बिन्दाले अमेरिकाको कोलिम्बिया विश्वविद्यालयको बर्नार्ड कलेजबाट स्नातक गर्नुभएको थियो ।

EPIC EPIC EPIC

अमेरिकाको कुनै कलेजबाट स्नातक गर्ने उहाँ नै नेपालको पहिलो महिला हुनुहुन्छ । उहाँले अमेरिकाकै जोन हप्किन्स विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको थियो । उहाँले लोकसेवा पास गरी परराष्ट्र सेवामा जागिरे जीवन सुरु गर्नुभएको थियो । सन् १९६१ देखि १९६५ सम्म अमेरिकास्थित नेपाली दूतावासमा पनि उहाँले काम गर्नुभएको थियो ।

सन् १९७२ मा बंगलादेश स्वतन्त्र भएर नेपालले दूतावास खोलेपछि उहाँ त्यहाँको डेपुटी चिफ अफ मिसनका रूपमा काम गर्नुभएको थियो ।

उहाँका श्रीमान् डा. नारायणकेशरी शाहको यसअघि नै निधन भइसकेको छ । जेठा छोरा अनिलकेशरी शाह नेपालका चर्चित बैंकर हुनुहुन्छ भने कान्छा छोरा उज्ज्वलकेशरी शाहको निधन भइसकेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *