काठमाडौं। आइतबार दिउँसो हङकङको मङककस्थित सांघाई स्ट्रिटमा रहेको एउटा भवनमा आगलागी भएको छ।
भवनको तल्लो तल्लामा रहेको सेनेटरी वेयर कम्पनीमा आगलागी भएको हो। कम्पनीले गोदामका लागि प्रयोग गरेको कक्षमा आगो सल्किएको थियो।
गोदामबाट धुँवा निस्किएपछि कर्मचारीहरूले प्रहरीलाई खबर गरेका थिए। श्वासप्रश्वास उपकरणसहित पुगेको अग्निनियन्त्रकको टोलीलाई आगो निभाउन करिब २३ मिनेट लागेको थियो।
आगलगीका कारण भवनबाट कम्तीमा २० जनालाई बाहिर निकालिएको थियो। तर, कसैलाई चोटपटक भने लागेको छैन।
आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (द स्ट्यान्डर्ड)