चालु आर्थिक वर्षको पाँच महिनामा भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ छ।
काठमाडौँ। देशभित्रै सुविधासम्पन्न विश्वविद्यालय र शैक्षिक संस्थान सञ्चालनमा रहे पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको संख्या उस्तै रहेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि मात्रै ४७ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका छन्।
भ्रमण व्यय १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। त्यसमध्ये शिक्षातर्फको व्यय ४७ अर्ब ४१ करोड रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो।
मंसिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोड रुपैयाँले घाटामा छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ५५ करोड रुपैयाँले घाटामा थियो।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ३.१ प्रतिशतले वृद्धि भई ३५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३४ अर्ब १२ करोड रुपैयाँ थियो।