विराटनगरमा ‘मर्निङ वाक’ गर्दै प्रचण्ड

विराटनगर। विराटनगरमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शनिबार बिहानीपखको हिँडाई(मर्निङ वाक) गरेका छन्।

EPIC

निलो ट्रयाक सुट र खैरो उनी टोपी लगाएका अध्यक्ष दाहाल विराटनगर १ ठूलोमिल नजिक नमुमा चौकमा रहेको कान्छा ज्वाई जीवन आचार्यको घरबाट बजारतर्फ हिँडेका हुन्।

EPIC EPIC EPIC

यसक्रममा दाहालले आचार्य निवासबाट तीनपैनी चौक, हुँदै गोल्छा चौक, जलजला मोड, अस्पताल चौकबाटसहिद मैदान हुदै पुनःआचार्य निवास पुगेका थिए। यसक्रममा उनको मर्निङ वाकको टोली छोटोसमयका लागि प्रमुख जिल्ला प्रशासन कार्यालय मोरङको कार्यालय नजिक रोकिए।

जहाँ दाहालले कालो चिया पिएका थिए। सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका सदस्य देवकीनन्दन अग्रवालले आफ्ना छोटो कुरा राखेका थिए।

प्रेस सेन्टर कोशी प्रदेशका अध्यक्ष विनोद घिमिरेका अनुसार अध्यक्ष दाहालले आज विराटनगर १९ स्थित गिरिजाप्रसाद कोइराला रंगशाला निरीक्षणमा गर्नेछन्। राष्ट्रिय गौरवको योजनामा रहेको रंगशालामा प्रचण्ड प्रधानमन्त्री रहँदा बजेट विनियोजनसमेत भएको थियो।

त्यसैगरी, प्रचण्ड विराटनगरबाट प्रकाशित हुने सृष्टि दैनिकको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुनेछन्। त्यसपछि उनी मोरङको ग्रामथान गाँउपालिकाको तेतरियामा आयोजना हुने खबरदारी सभालाई सम्बोधन गर्ने अध्यक्ष घिमिरेले जानकारी दिए।

अध्यक्ष दाहाल आज दिउँसो करिब ४ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *