प्याब्सन झापामा हालैमात्र निर्वाचित भएका नवनिर्वाचित अध्यक्ष छत्र बहादुर कार्कीले आफ्नो कार्यकाल झापामा शिक्षाको हव बनाउने तयारी रहेको बताएका छन् । २०४६ बाट शिक्षा क्षेत्रमा प्रवेश गरेका कार्की स्थानीय महानन्द शिक्षा सदनमा सहायक प्रिन्सिपलमा कार्यरत हुँदै २०६९ सालमा आफ्नै लगानीमा कर्णाली एजुकेशन फाउण्डेशन सञ्चालन गरी हाल त्यही विद्यालयमा प्रवन्ध निर्देशकका रुपमा कार्यरत रहेका छन् ।
शिक्षाको क्षेत्रमा आफूले केही गर्ने हुटहुटीले २०७६ सालमा झापा जिल्लाको प्याब्सनको सह कोषाध्यक्ष निर्वाचित हुँदै विभिन्न तहतप्कामा रहँदै बरिष्ठ उपाध्यक्ष हँदै हाल जिल्ला अध्यक्षमा रुपमा निर्वाचित भएका कार्कीले समग्र विद्यालयको शिक्षाको गुणस्तरमा नीज तथा सामुदायिक विद्यालयहरुसंग हातेमालो गर्दै शिक्षाको गुणस्तर सुधार, संरचनात्मक विकास, र संस्थागत समृद्धिका लागि निरन्तर काम गर्न प्रतिबद्ध रहेको बताएका छन् ।
शिक्षकका लागि आफ्नै तालिम हलको व्यवस्था गर्ने, प्याबसन झापामा आवद्ध भएका सबै विद्यालयहरुका शिक्षक तथा कर्मचारीहरुको संरक्षण गर्ने, पालिकामा रहेका प्याब्सनहरुसंग सहकार्य गरी सामाजिक सेवा गर्ने, नीज र सामुदायिक विद्यालयहरुमा थप सहकार्य गर्न नीजिमा भएका राम्रा पक्षलाई सामुदायिकमा र सामुदायिकमा भएका राम्रा पक्ष निजि विद्यालयहरुमा साटासाट गरी शिक्षा क्षेत्रमा थप गुणस्तर वनाउन आफ्नो कार्यकालमा लागि पर्ने कार्कीको योजना छ । उनले भने यति गरियो भने झापा साँच्चिकै शिक्षामा अगाडि बढ्छ ।
नीजि विद्यालयहरुले शिक्षाका क्षेत्रमा के गर्दैछ भन्ने जानकारी गराउन पनि चाँडै नै १५ वटै पालिकामा स्थानीय प्याब्सनको सहजीकरणमा पालिकाका प्रमुख, उपप्रमुख तथा शिक्षा शाखामा त्यस क्षेत्रका विद्यालयहरुका साझा समस्याबारे जानकारी गराउने र त्य समस्यालाई कसरी सामाधान गर्ने भन्ने निचोड निकाल्ने तयारी रहेको बताएका छन् ।
जिल्लामा १४ पालिकामा प्याब्सन छ भने कचनकवल गाउँपालिकामा विद्यालयको संख्या कम भएकाले त्यस पालिकामा चाँहि फोकल पर्सन राखिएको उनले बताए । उनले प्याब्सन झापाको १४ औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैप्रति धन्यवाद दिएका छन् । उनले भने, ‘यो जिम्मेवारीलाई मैले व्यक्तिगत सफलताका रूपमा लिएको छैन । तपाईँहरू सबैको लामो समयदेखिको योगदान, परिश्रम र बलिदानले निर्माण गरेको एउटा गौरवमय उपलब्धि हो । म आफूलाई नेताका रूपमा होइन, जिल्ला प्याब्सन अन्तर्गतका सबै विद्यालयहरूको सेवकका रूपमा ठानेको छु । संस्थापक, प्रिन्सिपलहरूले संस्थागत विद्यालयहरूको शैक्षिक क्षेत्रमा नयाँ उपलब्धि हासिल गर्न देख्नुभएको सपनाले मलाई प्रेरणा दिएको छ । त्यो सपना पूरा गर्न म हरसम्भव प्रयास गर्नेछु ।’