यति एयर लापरवाही र गैरजिम्मेवारपन: यात्रु अधिकारको प्रश्न

झापा। हवाई यात्रा आजकाल नेपालमा धेरैको प्राथमिकता बनेको छ। समयको बचत र सुविधाको लागि धेरैले हवाई मार्ग रोज्छन्. तर, यति एयरको पछिल्लो घटनाले यात्रु अधिकारको गम्भीर प्रश्न उठाएको छ।

नेकपा एमाले झापा जिल्ला कमिटीको जरा अभियानको बैठकमा सहभागी हुन झापा जाने तयारीमा रहनुभएका झापा क्षेत्र नं. ४ का सांसद माननीय एल.पी साँवा लिम्बु आफ्नो फेसबुक पोस्टमा यति एयरसँग भएको दुर्व्यवहार र लापरबाहीको बारेमा खरो टिप्पणी गर्नुभएको छ।

माननीय एल.पी साँवा लिम्बुको फेसबुक पोस्ट


पहिलो दिनको असुविधा
सांसद लिम्बुले आफ्नो पोस्टमा उल्लेख गर्नुभएको छ कि हिजोको तय गरिएको उडान रद्द भएपछि आज बिहान १०:०५ बजेको उडानमा उहाँ जान तयार हुनुभयो। VIP यात्रुको हैसियतमा बोर्डिङ पास काटेर १०:१८ बजे सटल भ्यानमा उहाँलाई एयरक्राफ्टतर्फ लैजाने क्रममा अचानक ढोका बन्द भएको सूचना दिइयो। यसपछि उहाँलाई सिधै एराइभलतर्फ झारियो।

EPIC EPIC EPIC EPIC EPIC



दोस्रो पटकको प्रतिक्षा

यस घटनाले मात्र उहाँलाई निराश बनाएको थिएन। झापा जानका लागि उहाँले ४:०० बजेको अर्को उडानको टिकट लिनुभयो। तर, साढे पाँच बजिसक्दा पनि कुनै अपडेट वा जानकारी दिइएको थिएन।


यस्तो घटनाले एउटा जिम्मेवार हवाई सेवा प्रदायक संस्थाको छवि मात्र नराम्रो बनाएको छैन, यात्रु अधिकारमाथि समेत गम्भीर प्रश्न उठाएको छ। सांसद लिम्बुले आफ्नो फेसबुक पोस्टमार्फत यात्रुहरूमाथिको यस्तो गैरजिम्मेवार व्यवहारप्रति कडा आपत्ति जनाउँदै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनुभएको छ।

न्याय र जवाफदेहिता सुनिश्चित गर्न आवश्यक

हवाई सेवाप्रदायक कम्पनीहरूले यात्रुहरूको समय, पैसा र भावनालाई कदर गर्नुपर्छ। टिकट काटिसकेपछि पनि आधारभूत जानकारी र सेवा दिन नसक्नु गम्भीर समस्या हो। सांसद लिम्बुले उठाएको प्रश्नले आम यात्रुहरूको आवाजलाई प्रतिनिधित्व गरेको छ।

यस्तो अवस्थामा, नागरिक उड्डयन प्राधिकरणले हस्तक्षेप गरी यात्रु अधिकारको संरक्षण गर्न कदम चाल्नु आवश्यक छ। हवाई सेवामा हुने यस्ता लापरवाहीहरूलाई रोक्न र यात्रुलाई समयमै जानकारी तथा उचित सेवा सुनिश्चित गर्न कडा नीतिहरू लागू गरिनुपर्छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

2 Responses

Leave a Reply

Your email address will not be published. Required fields are marked *