जब रचना रिमालले जीवनको पहिलो अवार्ड पाइन्

काठमाडौं। रचना रिमाल अहिलेकी नाम चलेकी गायिकाभित्र पर्छिन्। थुप्रै चर्चित गीतमा उनको स्वर छ। स्वरको जादूबाट नै उनी धेरैको मन पर्ने गायिका बन्न सफल भएकी छिन्।

उनले गाएका गीत ‘फोटो फिरिममा’ निकै हिट भयो। त्यही गीतबाट उनको नाम पनि चर्चामा आयो। त्यही गीतबाट उनले जीवनकै पहिलो अवार्ड पाएकी छिन्।

EPIC EPIC EPIC

‘फोटो फिरिममा’ गीतबाट उनले नेशनल इन्टरटेनमेन्ट अवार्ड पाएकी हुन्। जीवनकै पहिलो अवार्ड पाउँदा उनी निकै खुशी भएकी छिन्।

“लाखौँ दर्शक स्रोताको मायाकै कारण आज जीवनको पहिलो अवार्ड पाए। म एकदमै खुशी छु,” रचनाले भनिन्।

शिशिर भण्डारीको शब्द संगीत रहेको उक्त गीतले अहिलेसम्म एक करोड १८ लाखभन्दा बढी पटक हेरिएको छ।

लकडाउनको समयमा थुप्रै गीत रेकर्ड गरेकी रचना पछिल्लो समयकी व्यस्त गायिका हुन्।

सामान्य परिवारकी उनी केही समयअगाडिसम्म चटपटे बेच्ने गायिकाको रूपमा समेत चिनिने गरेकी थिइन्।

मीठो स्वरकी धनी रचनाले नेपाल आइडल सिजन–३ मा भाग लिएर आफ्नो नयाँ परिचय बनाएकी थिइन्। अन्तिम आठसम्म पुग्न सफल उनले तीनपटकसम्म सबभन्दा धेरै भोट पाउने गायिका बनेकी थिइन्।

नेपाल आइडलको टप ८ बाट बाहिरिएपछि भने उनको गायन क्षेत्रले फड्को मारेको थियो।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *