क्यान्सर बिरामीलाई हवाई टिकट निःशुल्क, यती एयरलाइन्स र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता

झापा— क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट प्रदान गर्न यती एयरलाइन्स प्रालि र पूर्वाञ्चल क्यान्सर अस्पतालबीच सम्झौता भएको छ।

शनिबार भएको सम्झौतापत्रमा एयरलाइन्सका प्रमुख व्यापार अधिकृत युवराज विष्ट र अस्पतालका अध्यक्ष दुर्गा प्रसाईँले हस्ताक्षर गरेका थिए।

EPIC EPIC EPIC

यती एयरलाइन्सका उपप्रबन्धक विमल विष्टका अनुसार सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई निःशुल्क हवाई टिकट उपलब्ध गराउने समझदारी भएको छ।

विर्तामोडमा अवस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल २०७६ साल फागुन १८ गतेदेखि सञ्चालनमा आएको हो। एक सय शय्याको अस्पतालले पेटसिटी, रेडियो थेरापी, केमो थेरापी, सर्जरीलगायतका उपचार सेवा प्रदान गर्दै आएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वीरेन्द्र यादवले जानकारी दिए।

उनका अनुसार यो सुविधाले बिरामीलाई राहत पुग्नेछ भने महँगो खर्च व्यहोरी भारत जानुपर्ने बाध्यता कम गर्नेछ।

अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीका अनुसार निःशुल्क हवाई टिकट पाउन क्यान्सर सङ्क्रमण प्रमाणित भई अस्पतालमा उपचार लिइरहेको सुनिश्चित हुनुपर्नेछ।

“देशभरका बिरामीहरूले एकपटक यो सुविधा लिन सक्नेछन्,” उनले भने, “बिरामीलाई अस्पताल जाने र घर फर्किने गरी दुईतर्फी टिकट उपलब्ध हुनेछ।”

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *