नेपाल फोर नेसन्स च्याम्पियनसिपको फाइनलमा

काठमाडौंं । लेवनानलाई हराउँदै नेपाल फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा भएको खेलमा लेवनानलाई १–० ले पराजित गर्दै नेपालले एक खेल अगावै फाइनलमा यात्रा सुनिश्चित गरेको हो।

EPIC

खेलको ४२औं मिनेटमा सावित्रा भण्डारी साम्बाले गरेको गोल नै निर्णायक बन्यो। कर्नर बल फर्किएको बललाई डिबक्स बाहिरबाट सावित्राले गोलमा परिणत गरेकी थिइन्।

EPIC EPIC EPIC

उनको प्रहार लेबनानका खेलाडीलाई डिफ्लेक्ट प्रहार गर्दैहुँदै गोलमा परिणत भएको थियो । नेपालले अब उपाधिका लागि म्यानमारसँग खेल्नेछ।

त्यसअघि नेपालले समूह चरणमा म्यानमारसँग खेल्नेछ। उक्त खेल फागुन ११ गते हुनेछ। उक्त खेलको विजेता टोली शीर्ष स्थानमा रहँदै फाइनल खेल्नछ। सुरुआती दुई खेलमा पराजित हुँदै लेवनान र कीर्तिस्तान प्रतियोगिताबाट बाहिरिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *