भद्रपुर झापा गोल्डकप : आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश

झापा – दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितामा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ।

आज मेची रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा आयोजक भद्रपुर ब्लेजर्सले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो।

EPIC EPIC EPIC EPIC EPIC

ब्लेजर्सका लागि मिलन राईले खेलको ७२औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको ७४औं मिनेटमा पेनाल्टीमार्फत राईले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २–० को स्थितिमा पुर्याए। पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए तापनि जितका लागि पर्याप्त हुन सकेन।

ब्लेजर्सका लागि दुई गोल गरेका मिलन राई ‘प्लेयर अफ द म्याच’ घोषित भए।

भोलि हुने दोस्रो क्वाटरफाइनल खेलमा झापा–११ र चर्च ब्वाइज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *