अर्जुनधारा जलेश्वरधामले २५ जोडीको निशुल्क विवाह गराइदिने

अर्जुनधारा / पूर्वको पशुपतिनाथका रूपमा परिचित अर्जुनधारा जलेश्वरधाम ले कोशी प्रदेशमै पहिलो पटक निःशुल्क सामूहिक विवाह आयोजना गर्ने भएको छ। धामको आयोजनामा विश्व हिन्दू परिषद नेपाल को समन्वयमा आगामी वैशाख ३ गते न्यूनतम २५ जोडी वरवधुको विधिपूर्वक ब्रम्ह विवाह गराइने भएको हो ।

धार्मिक र सांस्कृतिक परम्परालाई प्रवद्र्धन गर्ने उद्देश्यले धामले सामूहिक विवाहको आयोजना गर्न लागेको हो। हिन्दू धर्मशास्त्रअनुसार विवाह १८ प्रकारका हुन्छन्, जसमा ब्रह्म विवाह सर्वश्रेष्ठ मानिन्छ। 

EPIC EPIC EPIC EPIC EPIC EPIC

यो विवाहलाई सामूहिक भनिए पनि २५ वटा जोडीका लागि २५ वटा अलग–अलग मण्डप तयार गरिनेछ। साथै, २५ जना पुरोहितहरूले वैदिक मन्त्र उच्चारण गर्दै विवाह सम्पन्न गराउनेछन्। यदि वरवधु ओमकार परिवारका विभिन्न जातीय संस्कारमा रहेका छन् भने आफ्नै गुरुहरू ल्याएर विवाह गराउन पनि सक्नेछन्।

धार्मिक र सांस्कृतिक धरोहरको जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिने यो सामूहिक विवाहले वैदिक परम्परालाई बलियो बनाउँदै आर्थिक अभावका कारण विवाह गर्न नसकेका जोडीहरूलाई वैवाहिक बन्धनमा बाँधिन सहयोग गर्ने धामाका अध्यक्ष नविनकुमार गट्टानीले विश्वास लिएका छन् । 

अर्जुनधारा जलेश्वरधाम परिसरमा आज आयोजित पत्रकार सम्मेलनमा विश्व हिन्दू परिषद नेपाल कोशी प्रदेश महिला विभाग प्रमुख सितादेवी ढुङ्गाना, धामका कोषाध्यक्ष मनोज जोशी लगायतको उपस्थिति थियो। सम्मेलनको सहजकर्ता महासचिव शिवलाल खतिवडा रहेका थिए।

सामूहिक विवाहको विशेषताहरू
१. विवाहका लागि अलग–अलग मण्डप र पुरोहितको व्यवस्था।
२. वरवधुको परिवारबाट १०–१० जना सदस्यको उपस्थितिको अनुमति।
३. विवाहका सम्पूर्ण खर्च धामले व्यहोर्ने।
४. भव्य, सभ्य, पारिवारिक वातावरणमा विवाह सम्पन्न गरिने।
५. अनुमानित ३०–३५ लाख रुपैयाँ खर्च।

योग्यता र आवश्यक कागजातहरू
१. सामूहिक विवाहमा सहभागी हुन इच्छुक वरवधुले निम्न योग्यताहरू पूरा गर्नुपर्नेछः
२. उमेर पुगेको प्रमाण (नागरिकता वा जन्मदर्ता प्रमाणपत्र)
३. वरवधुका अभिभावकको अनुमति तथा उपस्थित
४. सम्बन्धित वडाको सिफारिस पत्र
५. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो (२ प्रति)
६. विवाहमा उपस्थित हुने बेला नागरिकताको सक्कल प्रति अनिवार्य

अन्य व्यवस्था र नियमहरू
१. प्रत्येक जोडीका लागि अलग–अलग पण्डितको व्यवस्था गरिएको भए पनि इच्छुक जोडीले आफ्नै पण्डित ल्याउन सक्नेछन्।
२. वरवधुलाई उपहार संस्थाले दिने भए तापनि इच्छुक अभिभावक वा अन्य व्यक्तिले थप उपहार दिन सक्नेछन्।
३. विवाह स्थलसम्मको यातायात खर्च जोडी स्वयंले बेहोर्नुपर्नेछ।
४. विवाह भोज शुद्ध शाकाहारी हुनेछ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *