सिन्धुपाल्चोक भूकम्प : आत्तिएर भाग्दा कैदीको हात भाँचियो, अरू क्षतिको विवरण के छ ?

भूकम्पपछि आत्तिएर भाग्ने क्रममा सिन्धुपाल्चोकमा एक जना सामान्य घाइते भएका छन् । उनी जिल्ला कारागारका कैदी हुन् । 

आत्तिएर भाग्ने क्रममा लड्दा उनको हात भाँचिएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले जानकारी दिए । उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

EPIC EPIC EPIC

सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर आज बिहान २ बजेर ५१ मिनेटमा ६.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । 


प्रमुख जिल्ला अधिकारी किरण थापाले कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको जानकारी आएको बताए  । उनका अनुसार भोटेकोशी गाउँपालिका वडा नम्बर ३  स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरू विवरण आउन बाँकी छ । 

‘अहिलेसम्म क्षतिको ठूलो विवरण आएको छैन । अब बिहान भयो क्षतिको विवरण आउला,’ लोकान्तरसँग उनले भने, ‘प्रहरीलाई पनि विवरण संकलन गर्न भनेका छौं ।’ 

काठमाडौं आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । मध्यरातमा मानिसहरू सुतिरहेको समयमा भूकम्पको धक्का महसुस गरिएको थियो । 

भूकम्पको धक्का पूर्वी नेपालमा ताप्लेजुङ, विराटनगर, सुनसरीलगायत जिल्लामा पनि महसुस गरिएको थियो । पश्चिम नेपालको पोखरा, पाल्पामा समेत महसुस गरिएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च