मोरङको मौलिबारीमा महिला र पुरुष मृत फेला परेका छन्। पथरीशनिश्चरे नगरपालिका ५ स्थित मौलिबारीमा छुट्टा छुट्टै परिवारका महिला र पुरुष मृत फेला परेको मोरङका प्रहरी प्रमुख एसपी नारायण चिमोरियाले जानकारी दिए।
२२ वर्षका अजय टुरु र मोरङकै कटहरी माइती भएकी झापाको गौरीगन्जकी जुबामुनी हस्दा मृत भेटिएको वडा अध्यक्ष चेजेन्द्र खड्काले जानकारी दिए।
मंगलबार राति २ बजे पुरुष घरबाट हिँडेको जानकारी आएको र उनी महिलासँग एउटै रुखमा झुण्डिएको अवस्थामा भेटेको खड्काले बताए। मृतक पुरुष सोही वडाका हुन् भने महिला बाहिरकी हुन्।
दुवै विवाहित रहेको र दुवैका सन्तान समेत रहेको खड्काले बताए। महिलाका श्रीमान वैदेशिक रोजगारीमा रहेको पनि खड्काले बताए। अहिले प्रहरी घटनास्थलमा पुगेको छ, थप विवरण खुल्न बााँकी छ।