औषधी सेवन दर कम भएपछि बाँकेमा रातभरि घर–घर पुगेर हात्तीपाइले औषधी खुवाइदै

१३ पटकसम्म हात्तीपाइले रोगविरुद्धको ‘आम औषधी’ सेवन अभियान असफल भएपछि बाँकेमा १४ औं पटक सुरु गरिएको सो अभियानलाई प्रभावकारी बनाउन राति घर घरमा पुगेर औषधी खुवाउन थालिएको छ ।

नेपालगन्ज उपमहानगर, नरैनापुर गाउँपालिका र बैजनाथ गाउँपालिकाको एउटा वडामा सञ्चालन गरिएको हात्तीपाइले रोगविरुद्धको आम औषधी सेवन कार्यक्रम सफल हुने कुरामा चुनौती देखिएपछि स्वास्थ्यकर्मीहरूले अहिले राति राति घर–घरमा पुगेर औषधी खुवाइरहेका छन् ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतमले सबैभन्दा बढी शिक्षित जनसङ्ख्या भएको नेपालगन्ज नगरकै जनतालाई यो औषधीको बारेमा बुझाउन नसकिएकाले थप चुनौती रहेको बताइन् ।

उनले बिहान घरमा पुगेपछि अधिकांश मानिस नभेटिने र खाना नखाएको लगायत विभिन्न बहाना गर्ने भएकोले राति राति सबका घरघरमा पुगेर भएपनि औषधी खुवाउने अभियान चलाइरहेको बताइन् ।

फोकल पर्सन गौतमले थपिन्, ‘औषधी खुवाउन घरमा बिहान जाँदा कोही काममा जान थालेका हुन्छन् कोही साँझ औषधी खान्छौं भनेर भाग्छन्, त्यसैले रातभरी बसेर भए पनि औषधी खुवाउने कार्यक्रम गरिरहेका छौं ।’

राति राति स्थानीयका घरमा पुगेर औषधी खुवाउने कार्यक्रम केही हदसम्म प्रभावकारी देखिएको समेत उनले बताइन् । यस पटकको अभियानलाई सफल पार्न जनप्रतिनिधिको सबैभन्दा बढी सहयोग लिने योजना बनाइएकोमा जनप्रतिनिधिहरूले नै सहयोग नगर्दा अभियान सफल पार्न चुनौती उत्पन्न भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

औषधी सेवन अभियान चलिरहेको ठाउँका अधिकांश जनप्रतिनिधिले मोबाइल बन्द गरेर सम्पर्कविहिन हुँदा अभियाननै प्रभावित भएको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । सोही कारणले हालसम्म बाँकेको नेपालगन्जमा २९ प्रतिशत, नरैनापुरमा ४५ प्रतिशत, डुडुवामा ४४ दशमलव र बैजनाथको एउटा वडामा ३५ प्रतिशतलाई मात्र औषधी खुवाउन सकिएको जनाइएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद बहादुर शाहीले ८० प्रतिशतले औषधी सेवन गरेनन् भने यो अभियान यस पटक पनि फेरि असफल हुने जनाउँदै यस पटक उक्त प्रतिशतलाई जसरी पनि औषधी खुवाउनु पर्ने बताए । उनले बाँकेमा यसपटक यो अभियान सफल नभएका नेपाललाई नै सन् २०३० सम्म हात्तीपाइले रोग मुक्त देश घोषित गर्न नसकिने बताए ।

नेपालगन्जमा फागुन ५ गतेबाट र अन्य पालिकामा फागुन ७ गते बाट सो औषधी खुवाउने अभियान थालिएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार दुई पालिका र एक वडामा दुई लाख ५७ हजार जनालाई औषधी खुवाउने लक्ष्य राखिएको छ । औषधी सेवन गराउन स्वास्थ्य मन्त्रालय, विश्व स्वास्थ्य सङ्गठन र स्थानीय स्वास्थ्यकर्मीहरूको सक्रिय सहभागिता रहेको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *