बुट्टावारीमा जिल्ला स्तरीय नक–आउट फुटवल प्रतियोगिता हुने

बिर्तामोड । बुट्टावारी युनाइटेड क्लव बिर्तामोड–६ को आयोजनामा झापामा प्रथम जिल्ला स्तरीय नक–आउट फुटवल प्रतियोगिता २०७७ हुने भएको छ ।

चैत २६ गतेदेखि वैशाख २ गतेसम्म बिर्तामोड नगरपालिका–६ स्थित वुट्टावारीमा प्रतियोगिता हुने क्लवले आइतवार बुट्टावारीमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । क्लवका अध्यक्ष हिमाल कन्दङ्वाको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि बिर्तामोड नगरपालिका–६ का अध्यक्ष सुर्यप्रसाद कन्दङ्वा रहेका थिए ।

EPIC EPIC EPIC EPIC EPIC

प्रतियोगितामा आयोजक समुहसहित मनास्लु युवा क्लव काँकडभिट्टा, फुटवल ट्रेनिङ सेन्टर, इलेभेल साइनिङ्ग स्टार, सैनिक युथ क्लव, जलथल फुटवल क्लव, बिर्तामोड युनाइटेड क्लव, शिवसताक्षि फुटवल क्लव गरेर ८ समुहविच प्रतिस्पर्धा हुने क्लवका अध्यक्ष कन्दङ्वाले जानकारी दिए । उनले स्थानीय स्तरका खेलाडीलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा पुर्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिए ।

प्रतिस्पर्धामा प्रथम हुने टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो हुने टिमलाई नगद ३३ हजार ३ सय ३३ रुपैयाँसहित आकर्षक सील प्रदान गरिने क्लवकी सचिव धनसरी राईले जानकारी दिइन् । त्यसैगरी प्रत्येक दिन म्यान अफ द म्याचलाई २ हजार, फाइनल खेलको समयमा वेष्ट कोच, वेष्ट प्लेयर, वेष्ट डिफेन्स, वेष्ट गोलकिपर, वेष्ट हाईहेष्ट स्कोर र वेष्ट मिडफिल्डरलाई नगद ५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । प्रतियोगिता हरियाली सामुदायिक वनको खेल मैदानमा हुने जनाइएको छ । प्रतियोगिताका लागि ५ लाख अनुमानित खर्च हुने आयोजकले जनाएको छ ।

२०७५ सालमा स्थापना भएको क्लवले आम युवाहरुको सर्वाङ्गीण विकास र विस्तार र समाजमा युवाहरुको नेतृत्वको बिकासका निम्ति ‘युवा जागरुकता आजको आवश्यकता’ भन्ने मुल नारालाई आत्मा साथ गर्दै समाजका विविध क्षेत्रहरुमा युवाहरुको सक्रिय सहभागिता गराउँदै आएको क्लवले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *