सीतारमेश क्याम्पसमा नेविसंघको भलिवल, छात्र छात्रा दुवै तर्फ दोस्रो बर्ष विजयी

बुद्धशान्ति । नेपाल विद्यार्थी संघ सीतारमेश बहुमुखी क्याम्पस बुद्धशान्तिको आयोजनामा सीतारमेश बहुमुखी क्याम्पस अन्तर तह छात्र तथा छात्रा भलिबल प्रतियोगिता सम्पन्न भएको छ । फागुन १९ देखि २१ गते सम्म संचालन भएको प्रतियोगिता छात्र तर्फ दोश्रो वर्ष बिजयी भएको छ भने छात्रा तर्फ पनि दोश्रो वर्ष टिम नै बिजयी भएको हो । फाइनलमा पहिलो वर्ष ए टिम लाई पराजित गर्दौ छात्र तर्फ दोश्रो वर्ष बिजयी भएको छ। त्यस्तै तेस्रो वर्ष लाई पराजित गर्दै छात्रा तर्फ दोश्रो वर्ष बिजयी भएको हो।

बुधबार सम्पन्न फाइनल खेल तथा समापन सत्रको कार्यक्रम नेविसंघ सीतारमेश इकाई समिति सभापति सन्तहाङ लिम्बुको सभापतित्व र नेपाली काङ्ग्रेस बुद्धशान्ति सभापति चक्र शेर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

EPIC EPIC EPIC

कार्यक्रममा नेविसंघ झापा सभापति संजय निरौला ,नेपाली काङ्ग्रेस बुद्धशान्तिका पदाधिकारी सदस्य ,नेविसंघका विभिन्न तहका नेताहरु,तरुण दलका गाउँसमिति पदाधिकारीहरु सहित क्याम्पस प्रमुख पुष्प रिजाल लगायत उपस्थिति बिच भब्य रुपमा कार्यक्रम सम्पन्न भएको हो।

सीतारमेश इकाई समिति सचीव विवेक वाग्लेले संचालन गरेको कार्यक्रम अन्तर्गत फाइनल बिजेता छात्र तथा छात्रा दुवै टिम ले नगद ५००० ,ट्रफी र मेडल प्राप्त गरे भने द्वितीय हुने टिमले नगद ३००० ,ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

नेविसंघले सीतारमेश बहुमुखी क्याम्पसमा विभिन्न समयमा विद्यार्थीको हक, हित र अधिकार तथा विद्यार्थीको चौतर्फी विकासका निम्ति विविध कार्यक्रम गर्दै सम्पुर्ण विद्यार्थीहरु माझ लोकप्रिय विद्यार्थी संगठनका रुपमा स्थापित भएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च