देउवाको स्वागतका लागि राखेका झन्डा विद्यार्थीहरूले हटाए

धनगढी- धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वागतमा राखिएका झन्डा आन्दोलनरत विद्यार्थीले हटाएका छन्।

सोमबारदेखि सुरु हुने नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश अधिवेशनको उद्‍घाटन गर्न कांग्रेस सभापति देउवासहितका नेताहरू धनगढी आउने भएपछि नेविसंघका विद्यार्थीले स्वागतका लागि सडक क्षेत्रमा पार्टीका झण्डा राखेका थिए।

EPIC EPIC EPIC

प्रदेश सरकारले ल्याउन लागेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवा शर्त सम्बन्धी ऐनको विरोधमा रहेका आन्दोलनरत विद्यार्थीहरूले भने ती झन्डा हटाएका छन्।  ऐनको विरोधमा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी र रास्वपाका नेता सन्तोष जोशीलगायत छन्। सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा लगाइएका झन्डा हटाएका हुन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *