कचनकवलमा मानव अधिकार तथा बाल अधिकार सम्बन्धी तीनदिने तालिम सुरु

झापा, फागुन २५ – झापाको कचनकवलमा तीनदिने मानव अधिकार तथा बाल अधिकार सम्बन्धी युवाहरुको क्षमता विकास तालिम सुरु भएको छ। न्याय तथा विकासका लागि सामाजिक संजाल (एसएनजेडी) को आयोजनामा तथा लुथरन विश्व फेडेरेसन नेपालको आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

तालिम फागुन २५ गतेदेखि २७ गतेसम्म कचनकवल-६ स्थित लक्ष्मी क्याम्पसमा सञ्चालन हुनेछ। पहिलो दिनको प्रशिक्षण एसएनजेडीका कार्यक्रम अधिकृत सुरज दंगालले दिएका थिए।

EPIC EPIC EPIC

तालिमको उद्देश्य युवाहरुलाई मानव अधिकार तथा बाल अधिकारसम्बन्धी व्यावहारिक ज्ञान प्रदान गर्नुका साथै उनीहरूको नेतृत्व क्षमता र अधिकारप्रतिको चेतना वृद्धि गराउनु रहेको छ। आयोजकका अनुसार स्थानीय युवाहरुको उत्साहजनक सहभागिता रहेको छ।

तालिममा २१ जना सहभागी रहेका छन्, जसमा अधिकांश स्थानिय समुदायका युवा, गृहिणी तथा विद्यार्थीहरू छन्। तालिमका क्रममा अन्तरक्रियात्मक सत्र, समूहगत अभ्यास, केस स्टडी विश्लेषण तथा अधिकारसम्बन्धी कानुनी जानकारीहरू समावेश गरिएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *