झापामा लागूऔषध दुर्व्यसन नियन्त्रण: प्रचारभन्दा कार्यान्वयन आवश्यक

  • इन्द्रप्रसाद ओली


झापा सदरमुकाममा लागूऔषध दुर्व्यसन नियन्त्रणका लागि विभिन्न सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिए पनि व्यावहारिक रूपमा कार्यान्वयन नहुँदा समस्या यथावत् रहेको छ।

चेतना नेपाल लगायत विभिन्न संस्थाहरूले विद्यालयस्तरमा शिक्षामूलक सामग्री वितरणदेखि सचेतनामूलक कोण सभा, सन्देशमूलक ब्यानर टाँसजस्ता कार्यक्रम गरेका थिए।
यजसैक्रममा, लागू औषध दुव्र्यसनको पहिलो चरणका रूपमा लिइने सुर्तिजन्य तथा मदिराजन्य पदार्थको न्यूनिकरण गर्न जिल्ला प्रशासन कार्यालयलाई मौजुदा कानुनहरू लागू गर्न ज्ञापन पत्रसमेत बुझाइएको थियो। साथै, सुरक्षानिकाय, प्रहरी प्रशासन र स्थानीय तहलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरिएको थियो।

EPIC EPIC EPIC


तर, यस्ता गतिविधिहरू केही समय सीमित मात्र देखिए। प्रारम्भमा चेतना नेपालले निगरानी गर्दै अवैध बिक्री तथा सेवनमा संलग्नलाई सचेत गराए पनि प्रशासन, प्रहरी, सुरक्षा निकाय तथा स्थानीय सरकारको उदासीनताले पुनः पुरानै अवस्था फर्किएको देखिन्छ।


सामुदायिक प्रहरी तथा गस्तीमा खटिएका सुरक्षाकर्मीहरूले विद्यार्थीहरू नै खुलेआम सुर्तिजन्य तथा मदिराजन्य पदार्थ खरिद गर्दै गरेको देख्दा पनि मौन बस्ने प्रवृत्ति देखिएको छ। विक्रेताहरूलाई कानुनअनुसार कारबाही गर्ने जाँगर नदेखाउने प्रहरी प्रशासनबाट लागू औषध नियन्त्रणको अपेक्षा गर्नु दिवा सपना मात्र हुने स्थानीयवासीको गुनासो छ।


अर्कोतर्फ, सामुदायिक प्रहरी तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू ब्यानर बोकेर कार्यक्रमहरूमा सहभागी भएर फोटो खिचाउने प्रवृत्तिमा मात्र सीमित छन्। विद्यालय क्षेत्रमा हुने विकृति रोक्नेतर्फ चासो नदिई भाषणमुखी बनेका यस्ता कार्यक्रमहरू प्रभावहीन सावित भएका छन्।


झापाको सदरमुकामकै अवस्था नियाल्दा लागू औषध नियन्त्रणका प्रयासहरू केवल औपचारिकतामा सीमित छन् भन्ने कुरा स्पष्ट हुन्छ। प्रचारमुखी कार्यक्रमहरूका साटो कानुनी कठोरता, निगरानी तथा ठोस कार्यान्वयन नहुँदासम्म दुर्व्यसन नियन्त्रण सम्भव छैन। स्थानीय सरकार, प्रहरी प्रशासन तथा अन्य सम्बन्धित निकायले प्रचारभन्दा प्रभावकारी कार्यान्वयनमा ध्यान नदिएमा झापामा लागू औषध दुर्व्यसन झनै गहिरिँदै जाने निश्चित छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *