स्ववियु निर्वाचन भाँड्न नेविसंघ लागिपरेको अनेरास्ववियुको आरोप

काठमाडौँ — सत्तारुढ एमाले निकट अनेरास्ववियुले अर्को सत्तारुढ दल कांग्रेस निकट नेविसंघले चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भाँड्ने प्रयास गरेको आरोप लगाएको छ । अनेरास्ववियुका अध्यक्ष समिक बडालले शनिबार विज्ञप्ति जारी गर्दै नेविसंघले आन्तरिक विवाद मिलाउन नसकेको बहानामा क्याम्पसहरुमा तालाबन्दी गरेको जनाएका छन् ।

‘त्रिवि विश्वविद्यालय क्याम्प्स, पब्लिक युथ, पद्यकन्या लगायतका क्याम्पसमा नेविसंघले आफ्नो आन्तरिक झगडा मिलान नसकेको बहानामा तालाबन्दी गरेको छ । निर्वाचनमा प्रतिस्पर्धा गर्ने आत्मबल नभएका कारण लोकतन्त्रको खोक्रो नारा घन्काउँदै चुनाव नै भाँड्ने प्रयास भइरहेको छ । लोकतन्त्रको रट लगाउने, चुनाव आउनसाथ लोकतन्त्रको घाँटी निमोठ्ने, विद्यार्थीलाई प्रयोग गरेर व्यक्तिगत स्वार्थ साध्ने कांग्रेसको पुरानै शैली फेरि दोहोरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

EPIC EPIC EPIC

त्रिविका आंगिक, सामुदायिक र निजी क्याम्पसमा हुने लागेको निर्वाचनमा कांग्रेस र नेविसंघ दलगत स्वार्थमा लागेको समेत अनेरास्ववियुको आरोप छ । ‘देशभरका अधिकांश क्याम्पसहरुमा निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ । तर स्ववियु चुनावलाई जति सक्दो अलमल्याउने, नतिजा सुनिश्चित नभएसम्म प्रक्रिया अवरुद्ध गर्ने र विद्यर्थी हितभन्दा दलगत स्वार्थलाई प्राथमिकता दिने कांग्रेस निकट नेविसंघ फेरि पनि आफ्नो पुरानै शैलीमा फर्किएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

देशभरका ६२ आंगिकमध्ये १८ भन्दा बढीमा तालाबन्दीको कारण स्ववियु निर्वाचनको उम्मेदवारी दर्ता लगायतको प्रक्रिया अवरुद्ध बनेको छ । अध्यक्ष बडालले अनेरास्ववियु निर्वाचनका लागि दृढ रहेको प्रतिबद्धतासमेत जनाएका छन् । नेविसंघले भने अव्यवहारिक माग राखेर तालाबन्दीजस्ता अनैतिक हर्कत गरेर चुनाव भाँड्न खोजेको उनले विज्ञप्तिमा दाबी गरेका छन् ।

त्रिवि स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ को व्यवस्थाअनुसार निर्वाचनको गतिविधि अघि बढाउन उनले आग्रहसमेत गरेका छन् । ‘तालाबन्दी, अवरोध, अस्थिरता र षड्यन्त्र नेविसंघको स्वाभाविक चरित्र हो । विद्यार्थी संगठनको खोल ओढेर यसरी खेलबाड गरिनु सह्य हुने छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘मातहतका सबै कमिटी, नेता तथा कार्यकर्ताहरुलाई स्ववियु निर्वाचनमा अवरोध नगर्न, गराउने खोज्नेलाई विद्यार्थीहरुको ऐक्यवद्दताबाट प्रतिउत्तर दिन र कुनै पनि हालतमा तालाबन्दीको राजनीति नस्वीकार्न निर्देशन गरिएको छ ।’-कान्तिपुर

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *