राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशको पहिलो गाउँ अधिवेशन सम्पन्न

पालिका सन्देश । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो गाउँ अधिवेशन बुधबारे, बुद्धशान्ति गाउँपालिकामा सम्पन्न भएको छ। उक्त अधिवेशन श्री राम जानकी मन्दिर बुद्धशान्ति–३, झापाको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी बुद्धशान्ति गाउँपालिकाका सभापति महेन्द्र भण्डारी (सुमन) को अध्यक्षतामा सम्पन्न भएको थियो। अधिवेशनमा पार्टीका पालिका सचिव देवीमाया तामाङले उपस्थित सम्पूर्ण अतिथिहरूलाई स्वागत गर्नुभयो भने कार्यक्रम सञ्चालन क्षेत्र नम्बर १ का संयोजक दीपक भट्टराईले गर्नुभएको थियो।

EPIC EPIC EPIC

कार्यक्रमको प्रमुख आकर्षण पार्टीका केन्द्रीय सह-प्रवक्ता तथा केन्द्रीय सदस्य रमेश प्रसाई हुनुहुन्थ्यो।

प्रथम गाउँपालिका अधिवेशनबाट सर्वसम्मत रूपमा चयन भएको नयाँ नेतृत्वलाई हार्दिक बधाई तथा बुद्धशान्ति गाउँपालिकालाई घण्टिमय बनाउने अभियान सफल होस् भन्ने शुभकामना व्यक्त गरिएको छ।

नयाँ नेतृत्व समिति:

सभापति: दीपक भट्टराई
उपसभापति: कृष्ण ढकाल
सचिव: देवीमाया तामाङ
सह-सचिव: सुमन अधिकारी
सदस्यहरू:

सोमनाथ ढुंगाना, तारा कुवर उप्रेती र भानुभक्त आचार्य ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *