अर्जुनधारा— झापालो अर्जुनधारा नगरपालिका ४ निवासी ६५ वर्षीय रन बहादुर बस्नेतको आफ्नै घरको दोस्रो तल्लाबाट लडेर मृत्यु भएको छ।
प्रहरीका अनुसार, मंगलबार बिहान करिब ८ बजे बस्नेत आफ्नै नव निर्मित घरको दोस्रो तल्लाको पर्खालमा चढी पानी लगाउने क्रममा सन्तुलन गुमाई लडेका थिए। गम्भीर घाइते अवस्थामा उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो, जहाँ चिकित्सकले उनलाई मृत घोषित गरे।
घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनी र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी टोली खटिएको छ। हाल घटनाको थप अनुसन्धान जारी रहेको प्रहरी स्रोतले जनाएको छ।