गौरीगञ्ज, चैत ५ – गौरीगञ्ज बहुमुखी क्याम्पसमा आज सम्पन्न स्ववियु निर्वाचनमा सत्ता साझेदार दलहरू निकट विद्यार्थी संगठनहरूको गठबन्धनले विजय हासिल गरेको छ। अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलबाट सभापति पदमा नेविसंघका रोशन यादव ४६ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार लालदेव यादव ले २९ मत प्राप्त गरे भने अखिल क्रान्तिकारीकी मोहिनी राजवंशी ले २२ मत पाइन्।
सचिव पदमा अनेरास्ववियुका डिल्लीराम पौडेल ४२ मत प्राप्त गर्दै विजयी भए। स्वतन्त्र उम्मेदवार अभिषेक राजवंशी ले ३३ तथा अखिल क्रान्तिकारीका रोहित ठाकुर ले २२ मत पाए।
कोषाध्यक्ष पदमा अनेरास्ववियुका मुजेफर मिया ३९ मत ल्याएर विजयी भए भने अखिल क्रान्तिकारीकी लिजा गिरी ले ३३ र स्वतन्त्र उम्मेदवार नितु यादव ले २४ मत प्राप्त गरे।
सदस्य पदमा अनेरास्ववियुका युगेश कटुवाल ५१ मतसहित विजयी भए। नेविसंघका डिल्लीराज राजवंशी ४८ मत र इशा राजवंशी ३८ मत ल्याउँदै निर्वाचित भए।
स्वतन्त्र उम्मेदवार लक्ष्मी गौतम ले २४, प्रज्वल खनाल ले २५, महिमा राजवंशी ले १८ मत पाए। अखिल क्रान्तिकारीकी हनिसा ताजपुरिया ले २१, संयज मुर्मु ले १७ र अस्मिता राजवंशी ले २० मत ल्याए।
समानुपातिकतर्फ नेविसंघ ले ४०, अखिल क्रान्तिकारी ले ३०, र अनेरास्ववियु ले २४ मत प्राप्त गर्यो।
कुल १०० मतदाता रहेको क्याम्पसमा ९७ मत खसेको थियो। यस निर्वाचनमा नेपाली कांग्रेस र एमाले निकट विद्यार्थी संगठनहरू नेविसंघ र अनेरास्ववियुले गठबन्धन गर्दै साझा प्यानल बनाएका थिए। उता, स्वतन्त्र विद्यार्थी समूह र माओवादी निकट अखिल क्रान्तिकारीले अलग–अलग प्यानल चुनावी प्रतिस्पर्धामा उतारेका थिए।