एसईई परीक्षा अवधिभर कार्यक्रम नगर्ने गायक दुर्गेश थापाको घोषणा

गायक दुर्गेश थापाले आसन्न एसईई परीक्षाको अवधिभरि विद्यार्थीहरूलाई बाधा हुनसक्ने भएकाले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन्।

उनले विद्यार्थीहरूलाई एसईई परीक्षाको शुभकामना दिदैं यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका हुन्।

EPIC EPIC EPIC EPIC EPIC

उनले विज्ञप्तिमा भनेका छन्- ‘शिक्षा जीवनको सबैभन्दा मूल्यवान ‘सम्पत्ति’ हो । यतिबेला प्रिय भाइबहिनीहरु आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्जल भविष्यको बाटो कोर्दै हुनुहन्छ। सबैजनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो।’

उनले आफू जुनसुकै स्थानमा भए पनि, जति नै ठूलो मञ्चमा उभिए पनि, वास्तविक शक्ति दर्शक स्रोताको माया र विश्वास रहेको पनि बताएका छन्। उनले लेखेका छन्- ‘मलाई कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरूपी फ्यानहरू हुनुहुन्छ । हजुरहरुको हौसला, ऊर्जा, अनि साथले नै मलाई यो उचाइमा पुर्‍याएको हो। त्यसैले, जब हजुरहरूका लागि महत्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठूलो हुन्छ।’

उनले एसईई परीक्षा जीवनको महत्वपूर्ण घडी भएको उल्लेख गर्दै उज्ज्वल भविष्यका लागि पनि सधैं बालबालिकाहरूकै साथ हुने प्रतिबद्धता व्यक्त गरेक छन्। ‘यतिबेला मलाई धेरै मेला, महोत्सव तथा इभेन्टबाट कार्यक्रमका लागि कल आईरहेको छ तर यदि म कार्यक्रम गर्दै हिंडें भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । यी कुराहरुलाई मध्यनजर गर्दै, एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु,’ उनले भनेका छन्।

उनले एसईई अवधिभर सञ्चालन हुने कार्यक्रमका लागि सम्पर्क नगरिदिनुहुन अनुरोध पनि गरेका छन्।

उनले परीक्षा मेहनत र इमानदारीको परीक्षा भएकाले आत्मविश्वासका साथ, धैर्य राख्दै, आफ्नो लक्ष्यप्रति समर्पित हुँदै अगाडि बढ्न पनि सबैलाई अनुरोध गरेका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *